जीआरएनसीले नेपाली नयाँ वर्ष मनाउने

लण्डन । ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी (जीआरएनसी) ले नेपाली नयाँ वर्ष धुमधामले  मनाउने भएको छ ।

आइतबार १७ अप्रिलका दिन बेलुकी ५ बजेर  ३० मिनेटदेखि मध्यरातसम्म स्थानिय एम्पाएर ब्यान्क्वेटिङ हलमा हुने सो कार्यक्रममा भरपूर मनोरन्जन, विशिष्ट व्यक्तित्वहरुको उपस्थितित, नेपाली खाना रहने अध्यक्ष मान गुरुङले जानकारी दिए ।
यो वर्षको कार्यक्रममा पहिलो नेपाली तारा २०२१ विजेता इलिना गुरुङले गीत, डीएमटी ब्याण्डले नेपाली संगीत, निर्मल थापाले पाइपर, स्थानिय बालबालिकाहरुको नाच, सयपत्री समूहको नाच, हेम विष्टको डिजेइङ साथै तुरुन्तै फ्री फोटो पाइने पनि उनले बताए ।
कार्यक्रमको प्रमुख अतिथि युकेका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, रसमुरका मेयर अफ ब्रुस थोमस, काउन्सिल लिडर डेविड क्लिफ्फोर्ड तथा ब्यापारिक, कम्युनिटी र अन्य नेतृत्वहरुको उपस्थिति रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री