बेलायती प्रधानमन्त्रीलाई रुस प्रवेशमा प्रतिबन्ध

मस्को । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । 
बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् । 

रसियाले बेलायतका उपप्रधानमन्त्री डोमिनिक राब, अर्थ मन्त्री ऋषि सुनक, विदेश मन्त्री लिज ट्रस, रक्षा मन्त्री बेन वालिस लगायतलाई पनि रसिया प्रवेशमा प्रतिवन्ध लगाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसैगरी रुस विरुद्ध लड्का लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ ।
युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन् । 
धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री