स्कटल्याण्डमा खुल्यो  नेपाली नर्सहरुको संस्था

स्कटल्याण्ड। नेपलिज नर्सिङ एशोसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलोपटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्डको गठन भएको छ।

सामाजिक अभियन्ता एवम् लामो समयदेखि नर्सिङ पेशामा आवद्ध सरोजा अर्यालको अध्यक्षतामा गठित सो समितिमा नर्सिङ पेशामा आवद्ध अनुभवी व्यक्तित्वहरुको संलग्नता रहेको छ। कार्यसमितिको  उपाध्यक्षमा निशा बिष्ट, सचिवमा देवी कँडेल चयन हुनु भएको भने सहसचिवमा कविता हुमागाईं, कोषाध्यक्षमा सर्विना बज्राचार्य,  सहकोषाध्यक्षमा सुष्मा अर्याल तथा डण्डी एरिया कोअर्डिनेटरमा चन्द्ररेखा अधिकारी रहनु भएको छ।  एशोसिएसनको मुख्य सल्लाहकार एवम् स्टुडेन्ट कोअर्डिनेटरमा डा.राधा अधिकारी रहनुभएको छ। यस्तैगरी क्यामपेनरहरुमा अनु श्रेष्ठ, उषा सेढाई, शमिला कार्की, सुस्मिता गुरुङ, बन्दना  अर्याल, अंशु भट्टराई, निशा अर्याल र सजना भट्टराई रहनु भएको छ।  

एशोसिएसन गठनको भेलामा विभिन्न वक्ताहरुले स्कटल्याण्डमा नेपाली नर्सहरुको संगठनको आवश्यकता र नेपाली नर्सहरु बिच सदभाव र सहयोगको लागि  समिति गठनको औचित्यबारे प्रकाश पारेका थिए।उक्त अवसरमा डा. राधा अधिकारीले नेपाली नर्सहरूको अवस्था र  संस्थाले गर्नुपर्ने सहयोगको बारेमा प्रकाश पार्नु भएको थियो। नवगठित कार्य समितिले स्कटल्याण्डमा रहेका नेपाली नर्सलाई आबस्यक परेको अवस्थामा सहयोग सुझाव सल्लाह दिनु साथै नेपालको  स्वस्थसेवामा आवश्यक सहयोग गर्ने जनाएको छ।

उक्त समिति  नेपलिज नर्सिङ एशसिएसन यूके कि अध्यक्ष सुनिता गौतमको  सहयोग र मार्गदर्शन अनुसार गठन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री