संसद्मा अश्लिल सामग्री हेर्ने बेलायती सांसदले दिए राजीनामा

लन्डन । बेलायतमा संसद्मा अश्लील सामग्री हेरेको आरोपपछि कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् ।
६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् । आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेका छन् ।
यसअघि उनले घटनाप्रति स्वीकार गर्ने संकेत गरेका थिए । आफ्नो फोनमा भूलबश भिडियो खुलेको हुन सक्ने उनको भनाई थियो । सदनमा अश्लिल सामग्री हेरेको आरोप दुई महिला सहकर्मीले आरोप लगाएका थिए ।
उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए । यस विषयमा अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री