युक्रेन संकटले बेलायती ऊर्जा कम्पनी घाटामा

लन्डन । रुसले युक्रेनविरुद्ध आक्रमण गरेपछि रुसबाट बाहिरिने निर्णय गरेको बेलायतको ऊर्जा कम्पनी ब्रिटिश पेट्रोलियम (बीपी)ले ठूलो घाटा ब्यहोरेको छ ।
यस वर्षको पहिलो तीन महिनामा बीपीले ठूलो घाटा बेहोरेको प्रतिवेदन मङ्गलबार सार्वजनिक गरिएको छ ।
कर पछिको घाटा २०.४ बिलियन डलर (१९.४ बिलियन युरो) रहेको बताइएको छ ।
बीपीले फेब्रुअरीमा रसियन ऊर्जा समूह रोजनेफ्टको १९.७५ प्रतिशत सेयर हटाउने निर्णय गरेपछि बिपीको रुसमा तीन दशकभन्दा बढी समयदेखिको लगानी समाप्त भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री