बेलायतका दक्षिण एशियासम्बन्धी मन्त्री लर्ड अहमद नेपाल जाँदै

काठमाडौँ । दक्षिण एशिया सम्बन्धमा हेर्ने जिम्मा पाएका बेलायती मन्त्री लर्ड अमहद नेपाल जाने भएका छन् ।

उनी आगामी साता नेपाल पुग्ने नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले बताएकी छिन् ।

आज काठमाडौँमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको शिष्टाचार भेटमा राजदुत पोलिटले सो कुरा बताउनु भएको हो ।

मन्त्री अहमदको नेपाल भ्रमणमा के के विषयमा छलफल हुने भन्ने बारेमा विस्तृतमा बताइएको छैन । तथापि राजदुत पोलिटले लर्ड अहमदसँगको भेटमा नेपालमा ऊर्जा क्षेत्रमा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताउनुभयो ।

उर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री भुषाल र राजदुत पोलिटबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो । उहाँले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गर्नुभयो ।

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, ”जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।”

सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री