बेलायती सेनामा अब गोरखा सैनिक पनि युद्ध विमानको पाइलट बन्न सक्ने

युद्धविमान उडानको अन्तिम जाँच गर्दै माङ्साहाङ लिम्बु । फोर्सेज नेटवर्क

लण्डन । बेलायती सेनाको युद्ध विमान चलाउनका लागि अब गोरखा सैनिकहरुले पनि पाउने भएका छन् ।

बेलायती सेनाले गत फेब्रुअरीमा हेलीकोप्टर पाइलट बन्नका लागि वान्छनीय योग्यता घटाए पछि गोरखा सैनिकहरु पनि पाइलट बन्न पाउने भएका हुन् ।

लिम्बुको युद्ध विमान चलाउने सपना पूरा भएको हो

बेलायती सेना सबै सेवाका सेनाहरुले अब प्राइभेट दर्जाबाट पाइलट बन्नका लागि आवेदन दिन पाउने छन् । उनीहरुलाई लान्स कर्पोरलमा बढुवाका लागि सिफारिस गरिएको भने हुनुपर्नेछ ।

यसबाट गोरखा सैनिकहरु पनि उत्साहित बनेका छन् ।

हाल फष्ट एभिएसन ब्रिगेडका सिग्नलर माङसाहाङ लिम्बु यसका उदाहरण हुन् । बेलायती सेनाको फोर्सेज नेटवर्कका अनुसार गोरखा सैनिक लिम्बु बेलायती सेनाको युद्ध विमान चलाउने पहिलो गोरखा सैनिक बन्न चाहन्छन् ।

अपाचे हेलिकोप्टरमा अत्याधुनिक प्रविधिसहित हतियारहरु सुसज्जित हुन्छ । अपाचेले दुश्मनको ट्याङ्क, बख्तरबन्द सवारीसाधन पत्ता लगाउनका साथै ध्वस्त बनाउने गर्छ । इराक, अफगानिस्तानका पछिल्ला लडाइँहरुमा यसको व्यापक प्रयोग गरिएको छ ।

यसअघि कुनै नेपालीले अपाचे नउडाएको बताउँदै लिम्बुले भने, ”आफू सानो हुँदा पहाडमा हुर्किएको र हेलिकोप्टरहरु उडेको देखेर पाइलट बन्न रुचि लाग्थ्यो तर त्यस्तो बन्नका लागि धेरै पैसा र शिक्षा आवश्यक पर्ने भएकाले सम्भव छैन भन्ने लाग्थ्यो ।”

अपाचे उडाउनु उनले ठूलो सपना जस्तो मानेका छन् । ”यदि म त्यस्तो बन्न सकेँ भने मेरो परिवारको लागि मात्र देशको लागि पनि (शान) हुनेछ ।

आफ्नो लागि मात्र नभई सबैको लागि ठूलो सफलता हुने उनले बताए ।

अहिले फष्ट बटालियनमा ब्रिगेडमा अपाचे उडान गर्नुअघि सबै चीज ठीक छ कि छैन भन्ने उनको काम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री