बेलायती महारानीको राज्यारोहणको सात दशक मनाइँदै

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाले मुलुकको सिंहासन सम्हालेको ७० वर्षको उपलक्ष्यमा चार दिनसम्म विविध कार्यक्रम आयोजना गरिने भएको छ ।
महारानीको सात दशक लामो शासनकाल भव्यरुपमा मनाउन सैनिक परेड, प्रार्थना, विविध साङ्गीतिक कार्यक्रमलगायत समारोह हुनेछन् ।
यसैसाता वकिङ्घम राजाप्रासदको बार्दलीमा आएर महारानी एलिजावेथले देशवासीलाई अभिवादन गर्नुहुनेछ । वयोवृद्ध महारानीको बार्दलीमा हुने उपस्थितिले सात दशकको परिवर्तनपछि पनि राजपरिवार बेलायतमा अझै लोकप्रिय र सान्दर्भिक रहेको पुष्टि गर्नेछ । महारानीलाई हेर्न लण्डनको केन्द्रीय भागमा धेरैभन्दा धेरै नागरिक उपस्थित हुने अपेक्षा गरिएको छ ।
सडकमा निस्किएका बेलायती नागरिकको उपस्थितिले राजतन्त्रप्रतिको अटुट आस्था प्रतिविम्बित गर्नेछ ।

The parade makes its way up The Mall from Horse Guards Parade to Buckingham Palace, central London, following the Trooping the Colour ceremony, as the Queen celebrates her official birthday.

प्रतिक्रिया

सम्बन्धित सामाग्री