बेलायती मन्त्री नेपाली राजदुताबासमा

लण्डन। बेलायतका मध्य तथा दक्षिण एसिया, उत्तर अफ्रिका, संयुक्त राष्ट्रसंघ र मानवअधिकार समेत हेर्ने विदेश मन्त्री लर्ड अहमदले बुधबार लण्डनस्थित नेपाली दुतबासको भ्रमण गरेका छन् ।

उनले बेलायतका लागि राजदुत ज्ञानचन्द्र आचार्यसँग भेट गरी व्यापार तथा लगानीमा बारेमा दुई देशका साझा प्रतिवद्धता लगायतका विषयमा छलफल गरेको बताएका छन् । साथै स्वच्छ उर्जा क्षेत्रमा व्यापार सम्झौताका बारेमा पनि विमर्श भएको बताएका छन् ।

यसबाहेक दुई देशको ऐतिहासिक र मजबुत सम्बन्धलाई अझ बलियो बनाउने बारेमा पनि छलफल भएको बताइएको छ ।

दुताबासका प्रवक्ता श्रीमती रोशन खनालले कोप २६को अध्यक्षसमेत रहेकाले अहिले बेलायतको नेपालमा हाइड्रोपावरमा लगानीका बारेमा मन्त्री अहमदले चासो देखाएको जानकारी दिइन् ।

बेलायतले पहिले सीडीसी नामक संस्थाबाट नेपालमा लगानी गरिरहेकोमा अहिले बीआइआइ संस्थाबाट लगानी गर्ने गरेको छ ।

मन्त्री अहमद केही साताअघि नेपाल जाने योजना रहेकोमा कोभिडका कारण देखाउँदै स्थगित भएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री