बोरिस जोनसनले पाए विश्वासको मत

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् ।

पार्टीभित्र उनीमाथि विश्वास नरहेको भन्दै ५४ जना सांसदहरुले १९२२ कमिटीमा हस्ताक्षर बुझाएपछि सोमबार बेलुका मतदान भएको थियो । मतपरिणामअनुसार जोनसनको पक्षमा २११ जना सांसदले मत दिएका छन् भने विपक्षमा १४८ सांसदले मतदान गरेका छन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीसित ३५९ सांसद छन् । सबैले मत दिएका छन् । अब एक वर्षका लागि जोनसनको जागिर जोगिएको छ । किनभने पार्टीको विधानअनुसार एक वर्षभित्र अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ।

यद्यपि पार्टीभित्र निकै लोकप्रिय मानिएका जोनसनको विपक्षमा आएको मत निकै ठूलो मानिएको छ । करिब ४१ प्रतिशत कन्जरभेटिभ सांसद उनको विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री