युक्रेनमा रुसी सेनाको कब्जामा परेका दुई बेलायतीलाई मृत्युदण्ड

मृत्युदण्डको सजायँ सुनाइएका तीन जना । स्काइ न्यूज

लण्डन । युक्रेनमा रुसी आक्रमणविरुद्ध लड्न जाँदा रुसी सेनाद्वारा पक्राउ परेका दुई बेलायती नागरिकलाई मृत्युदण्डको सजायँ सुनाइएको छ ।
२८ वर्षीय आइडेन अस्लिन र ४८ वर्षीय साउन पिनरलाई युक्रेनबाट अलग्गिएको दाबी गरेको दोन्सत्क पिपल्स रिपब्लिकको अदालतले मृत्युदण्डको सजायँ सुनाएको हो । उनीहरुलाई भाडाको सिँपाहीको आरोप लगाइएको छ ।
उनीहरुलाई युक्रेनको मारियोपुल इलाकाबाट अप्रिल महिनामा रुसी सेनाले पक्राउ गरेका थिए ।
रुसी सञ्चारसंस्था इन्टरफ्याक्सका अनुसार उनीहरुमाथि सत्ता हत्याउने प्रयास गरेको साथै दोन्सत्कको संवैधानिक संरचना फाल्न खोजेको आरोप लगाइएको छ ।
स्काइ न्युजका अनुसार अस्लिनले अनुसन्धानमा सहयोग गरेको तथा आत्मसमर्पण समेत गरेको हुनाले न्यायपूर्ण फैसला हुने अपेक्षा गरेको बताएका छन् । उनले यसभन्दा फरक सजायँको अपेक्षा गरेको भन्दै भगवानले समय आएपछि आफ्नो कार्यको मूल्यांकन गर्ने धारणा व्यक्त गरे ।
उनीहरुसँगै एक मोरक्कोका नागरिक साउदुन बाहिमलाई पनि मृत्युदण्ड सुनाइएको छ ।
समाचार संस्थाहरुका अनुसार उनीहरुलाई अपील गर्न एक महिनाको समय दिइएको छ ।
युक्रेनमै पक्राउ परेका अर्का बेलायती नागरिक आन्ड्रयू हिलका बारेमा सजायँ सुनाउन बाँकी छ ।
बेलायतले तथाकथित अदालतको सजायँको आलोचना गरेका छन् । बेलायती नागरिकहरु युद्धबन्दी भएको जिकिर गर्दै बेलायतले उनीहरुलाई मानवीय व्यवहार गरिनुपर्ने माग गरेको छ ।
पिनर पूर्व बेलायती सैनिक हुन् भने अस्लिन पूर्व केयर वर्कर हुन् । उनी सन् २०१८ मा युक्रेन गएका हुन् । उनीसित बेलायत र युक्रेनको नागरिकता रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री