बेलायतबाट शरणार्थीलाई रुवान्डा पठाउने बाटो खुल्यो

रुवाण्डामा शरणार्थी पठाउने सम्झौतामा हस्ताक्षर पछि समकक्षीसित बेलायती गृहमन्त्री प्रीति पटेल

लण्डन । बेलायत आइपुगेका शरणार्थीहरुलाई उनीहरुको आवेदन प्रमाणित नभएसम्मका लागि अफ्रिकी मुलुक पठाइने भएको छ ।
वर्तमान बेलायत सरकारको सो योजना रोक्न उच्च अदालत र पुनरावेदन अदालतमा दायर गरिएको मुद्दामा न्यायाधीशले आवेदकहरुको माग बमोजिम अन्तरिम आदेश नदिएपछि शरणार्थीहरुलाई रुवाण्डा पठाउने बाटो खुलेको हो । सो मुद्दाको फैसला अर्को महिना हुने छ ।
बेलायतले मंगलबार नै ११ जना शरणार्थीहरुलाई रुवाण्डा पठाउँदै छ ।
सरकारले चार वर्षे परीक्षणका रुपमा बेलायत आएका शरणार्थीहरुलाई रुवाण्डा पठाउने योजना ल्याएको छ । यसबाट बेलायतमा पैसा लिएर शरणाार्थी ल्याउने गिरोहलाई असर पर्ने सरकारको विश्वास छ । यसरी रुवाण्डा पुगेकामध्ये सफलतापूर्वक शरणार्थीको मान्यता पाउनेहरु बेलायत आउन पाउने छन् ।
यस योेजनाका विपक्षीहरुले यो योजना महंगो भएको आरोप लगाउने गरेका छन् । सरकारले रुवाण्डालाई १२० मिलियन पाउण्ड यस योजनावापत सहयोग गर्ने भएको छ भने प्रति शरणार्थी रुवाण्डा पठाउनका लागि २० देखि ३० हजार पाउण्ड लाग्ने प्रक्षेपण गरिएको छ ।
बेलायतको गृह मन्त्रालयले शरणार्थीका लागि प्रतिवर्षे करिब १.५ बिलियन पाउण्ड खर्च भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री