रुसद्वारा २९ बेलायती पत्रकार प्रतिबन्धित

रुसी राष्ट्रपति पुटिन

लण्डन । युक्रेन संकटका कारण बेलायत र रुसको सम्बन्ध चिसिँदै जाँदा अब पत्रकारको तहसम्म पनि प्रतिबन्ध लगाउन शुरु भएको छ ।

रुसी विदेश मन्त्रालयले मंगलबार २९ बेलायती पत्रकारहरुलाई बेलायत प्रवेशमा रोक लगाएको बताएको छ । रुसका विरुद्धमा भ्रामक सन्देश फैलाएकोले उनीहरुमाथि प्रतिबन्ध लगाउनु परेको मन्त्रालयले खुलाएको छ ।

यसरी प्रतिबन्ध लगाइएका गार्डियनका पाँच जना रहेका छन् । जसमा प्रधानसम्पादक क्याथरिन भाइनर लगायत छन् । यस्तै बीबीसी सन्डे टाइम्स, डेली मेल, द इण्डिपेन्डेण्ट, डेली टेलिग्राफ, स्काइ न्युजलगायतका पत्रकारहरु छन् ।

गार्डियनका प्रवक्ताले यो प्रेस स्वतन्त्रतामाथिको कालो दिन भएको प्रतिक्रिया दिएका छन् । यसैगरी रुसले मन्त्री र सेनाका जर्नेल लगायतमाथि पनि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री