तिगेलालाई मातृशोक

टीकामाया खापुङ तिगेला

लण्डन । बेलायतबासी साहित्यकार, पत्रकार विश्वासदीप तिगेलालाई मातृशोक परेको छ ।

तिगेलाकी आमा टीकामाया खापुङ तिगेलाको आज काठमाडौँको सिभिल अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको हो ।

तेह्रथुमको मुराहाङमा जन्मनु भएकी तिगेलाको धनकुटा छथर जोरपाटी मा विवाह भएको थियो । उहाँ हाल काठमाडौँ नयाँ बानेश्वरमा बस्दै आउनुभएको थियो ।

तिगेलाको तीन छोरी र चार छोरा छन् । उहाँको श्रीमान मिलबहादुर तिगेलाको केही वर्षअघि देहान्त भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री