युकेमा बैँक ब्याजदर १३ वर्षकै उच्च

बैँक अफ इङ्ल्याण्ड

लण्डन । इङ्ल्याण्डको केन्द्रीय बैँक बैँङ्क, बैँक अफ इङ्गल्याण्डले पाँचौँ पटक ब्याजदर वृद्धि गरेको छ ।

बैँकको मौद्रिक नीति समितिले ब्याजदरलाई बढाएर १.२५ प्रतिशत पुर्याउने निर्णय गरेको हो । यसअघि सो दर १ प्रतिशत रहेको थियो ।

यसअघि सन् २००९ मा मात्र बेलायतमा १.२५ प्रतिशत ब्याजदर कायम थियो ।

बैँकले तोकेको यो आधारभूत ब्याजदर मात्र हो । नीजि बैँकहरुले यसलाई आधार बनाएर आफैँ ब्याजदर तोक्ने गर्छन् जुन यसभन्दा बढी रहने गर्दछ ।

बेलायतमा मुद्रास्फिति ४० वर्षकै उच्च छ । जुन अहिले ९ प्रतिशत रहेको छ र भविष्यमा ११ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न पनि ब्याजदर बढाउन परेको हो ।

उच्च मुद्रास्फिति विश्वव्यापी अजेण्डा बनेको छ । हालै मात्र अमेरिकाको केन्द्रीय बैँकले ब्याजदर एकैपटक ०.५ प्रतिशतले बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री