बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्वारा राजिनामा

राजिनामा मन्तब्य दिँदै जोन्सन । रोयटर्स

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज कञ्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् ।
पार्टीमा नयाँ नेता चयन नभएसम्मका लागि प्रधानमन्त्रीका रुपमा सेवा गर्ने उनले आज बेलायती प्रधानमन्त्रीको कार्यालय बाहिर सम्बोधन गर्दै बताएका हुन् । नयाँ नेता चयनका लागि अर्को सातादेखि प्रक्रिया शुरु हुने पनि उनले जानकारी दिए ।
उनले पदबाट राजिनामा दिनु परेकोमा दुखित भएको बताए । उनले बेलायतका विभिन्न भागलाई विकसित बनाइ अरुसरह बनाउनमा आफूले प्रयास गरेको भन्दै सो कार्यलाई जारी राख्नुपर्ने बताए । युरोपभरिमा बेलायत सम्बृद्ध छ भन्ने देखाउनु पर्ने धारणा पनि उनले व्यक्त गरे ।
राजनीतिमा कोही पनि अपरिहार्य नहुने भन्दै उनले पार्टीभित्रको प्रणालीले नयाँ नेता छान्नेमा विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री भएर धेरै ठाउँमा पुगेको, धेरै मानिसहरुलाई भेटेको उल्लेख गर्दै केही क्षणलाई अँध्यारो भए पनि बेलायतको भविष्य सुनौलो रहेको बताए ।
उनले आफ्नो प्रधानमन्त्रीकालमा सहयोग गरेकोमा निजामति कर्मचारी, सेना, प्रहरी, कञ्जरभेटिभ पार्टीका सदस्यहरु सबैलाई धन्यवाद दिए ।
सन् २०१९ मा ब्रेक्जिटको अजेण्डा लिएर चुनावमा होमिएका जोन्सनले प्रचण्ड बहुमत पाएका थिए तर आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्ष अघि नै पदबाट बाहिरिन बाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री