नेपाली साहित्य विकास परिषद यूकेद्वारा भानुजयन्तीमा साहित्यिक कार्यक्रम

लण्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा २०९औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाइएको छ ।
वेस्ट लन्डनको एक्टनस्थित एबिआइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण गर्नुहँदै समारोहका प्रमुख अतिथि तथा परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिबृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै नेपाली भाषा साहित्यको विकासमा नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान र इतिहास रहेको चर्चा गर्नु भयो ।
आफ्ना सिर्जनाहरूद्वारा समाजलाई परिवर्तनतर्फ उन्मुख गराउने सर्जकहरूको सम्मान गर्न पाउँदा खुसी लागेको चर्चा गर्नुहुँदै राजदूत आचार्यले डा सुधा श्रेष्ठको पुस्तक ‘थेम्स नदीका दुई किनारा’मा समेटिएका कविताहरूले पनि सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
समारोहमा सम्मान अभिनन्दन ग्रहण गर्नुहुँदै विशिष्ट अतिथि वरिष्ठ चलचित्र निर्देशक तथा सङ्गीतकार किरण प्रधानले बेलायतको माटोमा आफूले पहिलो नेपाली चलचित्र ‘कस्तुरी’ बनाउँदाको अनुभूतिहरू चर्चा गर्नुहुँदै परिषद्का संरक्षक राजदूतबाट आज सम्मानित हुन पाउँदा आफूलाई हर्षानुभूति भएको बताउनु भयो । उहाँले यसरी कला साहित्य सङ्गीत क्षेत्रमा लागेका सर्जकहरूलाई एक ठाउँमा भेला गरेर उनीहरूले गरेका कामहरूको हेक्का राखेर कदर गर्नु समाजमा ठूलो प्रेरणा जगाउनु हो भन्दै नेपाली साहित्य विकास परिषद् यूकेले बेलायती माटोमा नेपाली पहिचान फलाउने/ फूलाउने सराहनीय काम गरेको निस्कर्ष सुनाउनु भयो ।
समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनी बारे प्रकाश पार्नुहुँदै परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ सहित्यकार सुरेशजङ्ग शाहले त्यसवेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए त्यो आफैँमा एक साहसिक कदम भएको र जसले नेपाली साहित्यको यात्रा तथा समाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुयाएको चर्चा गर्नु भयो । समारोहमा विमोचित पुस्तक ‘थेम्स नदीका दुई किनारा’ कविता सङ्ग्रहको समीक्षा गर्नुहुँदै वरिष्ठ साहित्यकार शाहले जीवन र जगतको अन्तरसम्वन्ध र सम्वेदनशीलताको प्रसङ्ग कवयित्री डा सुधा श्रेष्ठले आफ्ना कविताहरूमा मार्मिकरूपले उठाएकी छन् भन्नुभयो ।
सभापतिको आसनबाट बोल्नुहुदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुहँदै नेपाली पहिचान युगयुगसम्म जीवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति चिनारीहरू जोगाउँदै लैजानु पर्ने औचित्य प्रकाश पार्नुभयो ।
यसअघि समारोहमा विमोचित आफनो पुस्तक थेम्स ‘नदीका दुई किनारा’ बारे बोल्नुहुँदै परिषद्की उपाध्यक्षसमेत रहेकी कवयित्री डा सुधा श्रेष्ठले यस पुस्तकमा सङ्ग्रहित आफ्ना कविताहरू जीवन र जगतको अन्तरघुलनमा नयाँ सोच र प्रेरणाको जागरण हुनुपर्ने र आज देशले भोग्नुपरेका विकृत राजनीतिबाट उब्जनी भएका पीडाहरूबाट उन्मुक्ति खोजेका छन् भन्नुभयो ।
कार्यक्रम सञ्चालन गर्नुहुँदै परिषद्का महासचिव वीरेन्द्र कुँवरले नेपाली साहित्यका सर्जक र सिर्जनाहरू उम्रने खेती बेलायती माटोमा विगत साढे दुईदशक भन्दा बढी समयदेखि परिषदले गर्दै आएको चर्चा गर्नुभयो । उहाँले बेलायतमा साहित्यिक माहोलको सुरूवात गरेर नेपाली साहित्य विकास परिषदले एउटा संवेदन्शील अगुवाई गरेको इतिहासको चर्चा गर्नु भयो ।
आदिकवि भानुभक्त आचार्यको तस्बीरमा माल्यार्पण र राष्ट्रिय गानबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिँह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गर्नुभएको थियो ।
समारोहमा परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र उपाध्यक्ष डा सुधा श्रेष्ठले परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यमा स्वागत सम्मान अभिनन्दन पत्र र पुष्प गच्छाद्वारा सम्मान अर्पण गरिएको थियो । उक्त अवसरमा उपनियोग प्रमुख रोशन खनाललाई पनि पुस्पगुच्छाद्वारा सम्मान गरिएको थियो।
समारोहमा प्रमुख अतिथि परिषद्का संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले हाल बेलायतको भ्रमणमा रहनुभएका नेपालका वरिष्ठ चलचित्र निर्देशक, लेखक, सङ्गीतकार, गायक डा किरण प्रधानलाई उहाँले चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्य, गीत सङ्गीत, कला चलचित्र आदि क्षेत्रमा पुर्याउनु भएको प्रशंसनीय योगदानको कदर गर्दै नेपाली साहित्य विकास परिषद् यूकेद्वारा अर्पण गरिएको विशिष्ट सम्मान अभिनन्दन पत्रद्वारा सम्मान शुसोभन गर्नुभएको थियो ।
यसैगरी राजदूत आचार्यले विगत साढे दुई दशकभन्दा बढी समयदेखि बेलायतमा नेपाली साहित्यको समृद्धिमा निरन्तर योगदान पुर्याउँदै आउनु भएकी सर्जक परिषद्की आजीवन सदस्य वरिष्ठ कवयित्री हिन्दमैञा बैद्यलाई एनएलडिसी नेपाली साहित्य पुरस्कार र गीत सङ्गीत क्षेत्रमा निरन्तररूपमा लागी परेर नेपाली साहित्य र गीत सङ्गीतको समृद्धिमा प्रशंसनीय योगदान पुर्याउँदै आएका वरिष्ठ कलाकार गायक प्रमोद शर्मालाई एनएलडिसी साहित्य कला पुरस्कार र साथै एनएलडिसी साहित्य सम्मान रजतवर्ष अभिनन्दन पत्र पुरस्कार सम्मान बेलायतमा लामो समयदेखि सिर्जना र संस्थागत क्रियाशीलताबाट नेपाली भाषा साहित्यको समृद्धिमा लागी पर्नुहुने परिषद्का सल्लाहकार कवि कृष्ण भट्ट, अन्तर्राष्ट्रिय साहित्य समाजकी पूर्वअध्यक्ष कवयित्री साहित्यकार लक्ष्मी राई (लारा), विश्व नेपाली साहित्य महासंघका पूर्वमहासचिव कवि साहित्यकार केदार सङ्केत आदि सर्जकहरूलाई शुसोभन गर्नुभएको थियो ।
पुरस्कार सम्मान शुसोभन कार्यक्रमपछि प्रमुख अतिथि परिषद्का संरक्षक राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, विशेष अतिथि वरिष्ठ निर्देशक सङ्गीतकार गायक किरण प्रधान, परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, महासचिव वीरेन्द्र कुँवर र स्वयम् लेखिकाका साथमा परिषद्की उपाध्यक्ष कवयित्री डा सुधा श्रेष्ठद्वारा लेखित ‘थेम्स नदीका दुई किनारा’ कविता सङ्ग्रह पुस्तक विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा साहित्य चौतारीका संयोजक साहित्यकार वासु शर्माले आफ्ना मौलिक कृतिहरू ‘स्वाभिमान दुख्दैछ'(मुक्तक संग्रह),’फेरि थेम्सकै किनारा कोशीकै सम्झना'(कविता संग्रह) ५/५ प्रति पाठक वर्गका लागि परिषद्का अध्यक्ष कोमल मल्ललाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन गर्नुहुँदै परिषद्का महासचिव कवि वीरेन्द्र कुँवरले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा कविता वाचन गर्ने र वाचनका लागि कविता पठाउने कवि/कवयित्रीहरूमा वसन्त रायक्षेत्री, हरिसिंह थापा, बासु सापकोटा, केदार संकेत, समिप जर्जर, गंगा लिगल, घनबहादुर थापा मगर, हिन्द मैया बैद्य, वीरेन्द्र कुँवर, डा. सुधा श्रेष्ठ, कोमल मल्ल र सुरेशजंग शाह हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्तमा रमाइलो जलपान तथा धन्यवाद ज्ञापन गरिएको थियो। समारोहलाई सफल बनाउन आर्थिक तथा भौतिक सहयोग पुर्याउनुहुनेहरूमा डा राघव प्रसाद धिताल, डा सुधा श्रेष्ठ, हिन्द मैया बैद्य, घनबहादुर थापा मगर,श्रीमती कृष्णा थापा मगर, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल, रमेश श्रेष्ठ, सितु खरेल,एबिआइ कलेजका प्रोप्राइर डाइरेक्टर कृष्ण भट्ट हुनुहुन्थ्यो ।
समारोह परिषद्का अध्यक्ष कोमल मल्लको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री