बेलायती प्रधानमन्त्रीको दौडमा आठ जना

लण्डन । बेलायती प्रधानमन्त्रीको दौडमा आठ जनाले मनोनयन गरेका छन् ।
सत्तारुढ कञ्जरभेटिभ पार्टीको ब्याकबेञ्चर कमिटी १९२२ समक्ष आज तोकिएको समयसीमाभित्र आठ जनाले मनोनयन गरेका छन् ।
जसमा केमी बाडेनोच, सुयला ब्रेभम्यान, जेरेमी हन्ट, पेन्नी मोर्डन्छ, ऋषि सुनक लिज ट्रस, टोम टुगनढट र नदिम जाहावी रहेका छन् ।
मनोनयनका लागि कम्तीमा २० जना सांसदहरुको समर्थन आवश्यक थियो ।
दौडमा रहेका साजिद जाविद, प्रीति पटेल र रहमान क्रिष्टीले भने मनोनयन गरेनन् ।
मनोनयन गरेका आठ जनाबीच भोलि दिउँसो मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री