एनसिआइ युकेले नेपालमा वैदेशिक मुद्रामा खाता खोली ८० हजार पाउण्ड जम्मा गर्ने

लण्डन । नेपाल कोअपरेटिभ इन्भेष्टमेण्ट (एनसिआइ) युकेले नेपालमा वैदेशिक मुद्रामा बैंक खाता खोली तत्काल ८० हजार पाउण्ड जम्मा गर्ने भएको छ ।
एनसिआइ युकेको आज सम्पन्न ग्रीष्मकालीन भेलाले नेपालमा डलरको संचिती कम भएको भन्दै नेपाल सरकारले नेपालमा डलर खाता खोल्न प्रवासमा रहेका नेपालीहरु र उनीहरुले संचालन गरेको प्रतिष्ठानहरुलाई अपील गर्दै आएको छ ।
सरकारको सोही अपीललाई भेलामा मनन गर्दै तत्काल नेपालमा डलर खाता खोली ८० हजार पाउण्ड जम्मा गर्ने निर्णय गरिएको एनसिआइका सचिव डा. मुकुन्द बाँस्तोलाले जानकारी दिनुभयो ।
भेलामा एनसिआइ युकेका तर्फबाट सोलार फार्म नेपालमा गरिएको लगानीबाट करिब साढे दुई करोड रुपियाँ नाफा आर्जन भएको जानकारी दिइएको थियो । सो नाफा पनि सेयर सदस्यहरुलाई बाँड्ने निर्णय गरिएको छ ।
यसैगरी, एनसिआइ युकेले बेलायतमै विभिन्न प्रोपर्टीहरुमा लगानी गरेकोमा सोबाट प्राप्त नाफा पनि सेयर सदस्यहरुबीच बाँड्ने निर्णय गरिएको छ ।
साथै एनसिआइलाई थप एकतावद्ध बनाउने र नयाँ परियोजनाहरुमा लगानी गर्ने निर्णय पनि गरिएको डा बाँस्तोलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री