मगर संघ वेल्स शाखामा पुन: महादेव थापा

लण्डन ।  मगर संघ युकेको वेल्स शाखामा पुन महादेव थापा अध्यक्ष चयन भएका छन् ।

शनिबार वेल्समा सम्पन्न शाखाको अधिवेसनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चोपबहादुर थापा, सचिवमा लालु बुढा, उपसचिवमा रुम सारु, कोषाध्यक्षमा पुष्पा थापा, सहकोषाध्यक्षमा देव राना निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा निलम दर्लामी, पन्चना राना, रोमन आले, नन्द बयम्बु, एक आले, नन्दराम थापा, राजु डम्बरपाल, लाल राना, सन्जीव थापा, हर्क राना, विक्रम राना, गोपाल थापा र होमबहादुर थापा रहेका छन् ।

यस्तै शाखाका सल्लाहकारहरुमा बुद्धबहादुर थापा, गुमानसिंह थापा, कृष्ण जुग्जाली र चित्र राना चुनिएका छन् ।

मगर संघ युकेका अध्यक्ष सीता पुनको प्रमुख आतिथ्यतामा भएको अधिवेसनको पहिलो सत्र अध्यक्ष महादेव थापाको अध्यक्षतामा भएको थियो । सो सत्रमा सचिवले पेश गरेको सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

नयाँ कार्यसमिति चयन गर्नका लागि बुद्धबहादुर रानाको अध्यक्षता, चित्र राना सचिव र गुमानसिंह थापा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री