मगर संघ युकेद्वारा दुई नायिकालाई सम्मान

नायिकाद्वय मिरुना मगर र दीया पुन साथमा मगर संघ युकेकी अध्यक्ष सीता पुन

लण्डन । मगर संघ युकेले नायिकाहरु दीया पुन र मिरुना मगरलाई सम्मान गरेको छ ।

संघको आइतबार आफ्नै भवनमा सम्पन्न पहिलो त्रैमासिक बैठकको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको हो ।

नायिका पुनलाई हालै विश्वको सर्वोच्च शिखर आरोहण गरेकोमा र मगरलाई उनी अभिनीत चलचित्र ‘कबड्डी ४’ ले कोभिड महामारीपछि तङ्ग्रिँदै गरेको नेपाली चलचित्र उद्योगमा सफलतापूर्वक ५१ दिन मनाउन सफल भएकोमा सम्मान गरिएको अध्यक्ष सीता पुनले जानकारी दिनुभयो । नायिका मगरले हालै ब्रुनेल विश्वविद्यालयबाट स्वर्ण पदक पनि पाएकी छिन् ।

सोही अवसरमा नेपालबाट कार्यक्रमको सिलसिलामा बेलायतमा आइपुगेकी गायिका गीता पाइजालाई पनि स्वागत गरिएको थियो ।

कार्यक्रममा मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्व अध्यक्ष मे रि कुलबहादुर थापा, संरक्षकहरु, शाखाका अध्यक्षहरु, सल्लाहकारहरु तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष सीत पुनको अध्यक्षता तथा महासचिव गुमानसिंह थापामगरको सन्चालनमा भएको बैठकमा संघले मे २९ मा आयोजना गरेको नेपाली ओपन कन्सर्टको समीक्षा गरिनुका साथै आयव्यय विवरण पेश गरिएको थियो । संघका कोषाध्यक्ष मोहन थापाले ओपन कन्सर्टबाट ३२ हजार पाउण्ड नाफा आर्जन गरिएको जानकारी दिनुभयो ।

बैठकमा महासचिव गुमानसिंह थापाले संघको सांगठानिक प्रतिवेदन पेश गरेका थिए भए हाउजिङ हेर्नुहुने सहकोषाध्यक्ष थाम रोकाले आर्थिक जानकारी दिएका थिए ।

बैठकले आगामी एक वर्षको कार्यक्रमहरुको तिथि तय गरेको छ । जसअनुसार अर्को वर्षको ओपन कन्सर्ट मे १३ मा हुनेछ ।

बैठकमा नवनियुक्त सल्लाहकारहरुलाई पनि स्वागत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री