धम्पुस परिवार युकेले मनायो वार्षिक भेटघाट

लण्डन । धम्पुस परिवार यूकेको १४ औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार समाजका अध्यक्ष इन्द्रनारायण गुरुङको अध्यक्षतामा फार्नब्रोस्थित सामुयल कोडी स्पोर्टस हलमा भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष इन्द्रनारायण गुरुङले गरेका थिए भने प्रमुख अतिथि ब्रेकनका मेयर डेभिड मेरिडिथ थिए । उक्त वार्षिक भेटघाट कार्यक्रममा विशेष अतिथिहरुमा ब्रेकन र धम्पुस भगिनी सम्बन्धका टिम थियो । साथमा सम्पूर्ण बेलायतबासी धम्पुसेहरुको बाक्लो उपस्थिति थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि ब्रेकनका मेयर डेभिड मेरिडिथ, जेष्ठ नागरिक लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ र समाजका अध्यक्ष इन्द्रनारायण गुरुङले द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यसपछि बेलायत र नेपालको राष्ट्रिय धुनहरु बजाइएको थियो ।
कोरोना माहामारीको कारण दुई वर्ष भेटघाट स्थगित भए पनि यस कार्यक्रमलाई थप रोचक र मनोरन्जात्मक बनाउन नेपालबाट बेलायतमा आउनु भएका राष्ट्रिय कलाकारहरु रीना थापा मगर र गायिका शान्ति रानी परियारको पनि सहभागिता थियो ।
समाजका महासचिव गोलमान गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तब्य दिएका थिए । त्यसपछि आफ्नो जन्मथलो धम्पुसको “सुनाखरी सुनगाभा गुराँस जस्तो यो मन, साट्न आउनु धम्पुसमा हिमाल जस्तो जोवन“ गीतमा राष्ट्रिय कलाकार रीना थापा मगरले अत्यन्तै सुन्दर र उत्कृष्ट स्वागत नृत्य प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारिन् ।
कार्यक्रममा हालै विभिन्न विषय र क्षेत्रमा उच्च शिक्षा हांसिल गरेका किशोरकिशोरीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विभिन्न विश्वविद्यालयबाट स्नातक गर्नेहरु क्रमशः इशा गुरुङ, मेलिशा गुरुङ, रशना गुरुङ, जस्मिन गुरुङ, सहारा गुरुङ र डा. सरिना गुरुङ थिए । साथै नव दाम्पत्य रबी गुरुङ र रेजिना गुरुङ, परिवारको संख्या वृद्धि हुनेहरुमा देवेन्द्र गुरुङ र मनिता गुरुङ साथै सुबिन गुरुङ र अदेस्ना रानी गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो ।
उक्त कार्यक्रम पूर्ण सफलताको लागि प्रायोजन गर्नुभएका लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ, इन्द्र नारायण गुरुङ, लेप्टेनेन्ट रिटायर्ड ललित गुरुङ, धन बहादुर गुरुङ, राजमान गुरुङ, रुद्र गुरुङ, गंगा गुरुङ, रामबहादुर गुरुङ, दिलराज गुरुङ र कमल गुरुङलाई खादाले सम्मान गरिएको थियो । त्यसैगरी चेलीबेटीहरुको तर्फबाट कोशेली प्रायोजन गर्नुभएका आशमाया गुरुङ, सुकमाया गुरुङ, राजु गुरुङ, मनदेवी गुरुङ, रुपा गुरुङ र जगना गुरुङलाई पनि समाजको तर्फबाट फूल र खादाले सम्मान गरिएको थियो भने पुरानो कार्यसमितिलाई धन्यवाद र नयाँ कार्यसमितिलाई समाजको तर्फबाट फूल र खादाले बधाई तथा शुभकामना दिइएको थियो ।
औपचारिक कार्यक्रमको अन्त्यतिर एक सुन्दर सार्ङगीको धुन प्रस्तुत पछि चेलीबेटीहरुको तर्फबाट श्रीमती जगना गुरुङले माईतीहरुको लागि मन्तव्य राखिन् । कार्यक्रमका प्रमुख अतिथि ब्रेकनका मेयर डेभिड मेरिडिथले समाजले आयोजना गरेको वार्षिक भेटघाट कार्यक्रममा सहभागी हुन पाउंदा एकदमै खुशी लागेको बताउंदै सम्मानित ब्यक्तित्वहरुलाई बधाईसहित शुभकामना दिए । उनले बेलायतमा छरिएर रहेका धम्पुसेहरुलाई नेपाली भिलेज यूके परियोजनामा सहभागिता हुन जोड दिदै ब्रेकन र धम्पुस बिचको भगिनी सम्बन्ध प्रगाढ हँुदै जाओस् भन्ने शुभकामनाका साथ ब्रेकन हेर्न आउन सबैलाई अनुरोध गरे ।
औपचारिक कार्यक्रमको अन्तमा समाजका अध्यक्ष इन्द्रनारायण गुरुङले सम्मानित ब्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिदै कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवाद दिए ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम मिलान गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु रीना थापा मगर र गायिका शान्ति रानी परियारले उत्कृष्ट गीत र नृत्यहरू प्रस्तुत गरे । कलाकारहरुको उत्कृष्ट मनमोहक गीत र नृत्यले दर्शकहरुको मन जितेको थियो । निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रमपश्चात प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले प्रमुख अतिथि, विशेष अतिथिहरु लगायत दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए ।
कार्यक्रममा राफल ड्र प्रथम पुरस्कार आधा तोला सुन र अन्य आकर्षक पुरुस्कारहरु रहेको ‘राफल ड्र’ ले पनि कार्यक्रममा रौनकता थप्यो । उक्त “राफल ड्र“ मिलान गुरुङले सञ्चालन गरेका थए भने भाग्यशाली विजेताहरुलाई समाजका संरक्षक मेजर रिटायर्ड खुशीमान गुरुङ एमभीओले पुरस्कार वितरण गरे ।
उक्त वार्षिक भेटघाट कार्यक्रमलाई अविस्मरणीय हुने गरी विभिन्न स्थानबाट सुनमा सुगन्ध थपी आफ्नो सुन्दर अनि रमाइलो नृत्य, सुमधूर स्वर, मीठो प्रस्तुति साथै धुनहरु प्रस्तुत गरी बेलायतबासी धम्पुसेहरुलाई भरपूर मनोरञ्जन गराइदिनु भएकोमा अध्यक्ष इन्द्र नारायण गुरुङले सम्पूर्ण बेलायतबासी धम्पुसेहरुको तर्फबाट कलाकारहरुलाई मुरीमुरी धन्यवाद दिए । कलाकारहरुलाई सम्झनास्वरुप मायाको चिनो पनि दिइएको थियो । उक्त कार्यक्रममा खाना व्यवस्थापनमा ओजोन एएम रेष्टुरेन्ट, पेय पदार्थमा तीर्थ पुन, साउण्ड सिस्टम व्यवस्थापनमा टंक शेरचन, फोटोग्राफीमा मिलन तमू र भिडियोग्राफीमा सबिन्द्र कमार गुरुङले विशेष भूमिका खेलेका थिए । अन्तमा आफू खुशीको नाच नाचेर कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री