बीसीसी युकेद्वारा खेन्चेनको बिदाइ, टुल्कुको स्वागत

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) ले सेचेन खेन्चेन घ्युर्मि छुल्त्रिमको बिदाई तथा टुल्कु जिग्मे साम्तेनलाई स्वागत गरेको छ । गत शनिबार २० अगष्टका दिन अल्डरसटस्थित गुम्बामा बिदाई तथा स्वागत गरिएको हो ।
बीसीसी युकेले गत १ अगष्टका दिन आयोजना गरेको छ्योखोर दुचेन पूजाको अवसरमा अतिथिको रुपमा नेपालबाट आएका सेचेन खेन्चेन छुल्त्रिमलाई बीसीसी युकेले बिदाई गरेको हो । त्यस्तै, यसअघि बीसीसी युकेको निमन्त्रणामा बेलायत आइसकेका टुल्कु साम्तेनलाई दोस्रोपटक बीसीसी गुम्बामा पुनः स्वागत गरिएको हो ।
सेचेन खेन्चेन गुरु गत ३० जुलाईका दिन बेलायत आएका थिए भने टुल्कु गत १८ अगष्टका दिन बेलायत आएका हुन् । उक्त दिन उनीहरुलाई औपचारिक रुपमा स्वागत तथा बिदाई गरिएको हो । टुल्कु गुरु एक वर्ष बीसीसी युकेमा रहेर विभिन्न पूजापाठ, बौद्ध दर्शन प्रवचन दिने छन् ।
उक्त बिदाई तथा स्वागत कार्यक्रमको पहिलो चरणमा सेचेन खेन्चेन रिन्पोछे, टुल्कु जिग्मे सामतेन, काल्जङ्ग, लोपेन नोर्बुले क्षेमा तथा घनचक्र पूजा गरेका थिए । पूजापाठपश्चात दोस्रो चरणमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले सेचेन खेन्चेन छुल्त्रिमलाई खादा लगाई बिदाई गरेका थिए भने टुल्कु जिग्मे सामतेनको स्वागत गरेका थिए ।
बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ गुरु समेत रहेका सेचेन खेन्चेनले बीसीसी युकेले आफूलाई गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिए । साथै, उनले सेचेन गुम्बा र बीसीसी युकेबीचको सम्बन्ध अझ गाढा हुँदै जाने विश्वास व्यक्त गरे । त्यस्तै, हालै बेलायत आइपुगेका टुल्कु सामतेनले बीसीसी युकेमा आएर फेरि भक्तजनहरुलाई सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै सबैमा सुख तथा सम्वृद्धिको कामना गरे ।
सो अवसरमा बीसीसी युकेका अध्यक्ष तामाङ्गले बीसीसी युकेले बुद्धको चार तिथिमध्येको एक महत्वपूर्ण तिथि दुचेनको अवसरमा आयोजित पूजामा विशेष सहभागिता जनाइदिएकोमा सिंगो बीसीसी युके र भक्तजनहरुको तर्फबाट धन्यवाद दिए । साथै, उनले सेचेन खेन्चेन गुरुबाट बुद्ध दर्शन तथा ज्ञान बुझ्ने र सिक्ने मौका मिलेको बताए । त्यस्तै, बीसीसी युकेको अनुरोधमा पुनः बीसीसी युकेमा आएका टुल्कु साम्तेन गुरुलाई स्वागत गर्दै टुल्कु गुरुबाट बेलायतवासी बौद्धमार्गीहरुले धेरै ज्ञानगुणका कुराहरु सिक्न पाउने विश्वास व्यक्त गरे ।  
उक्त बिदाइ तथा स्वागत कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष काजी शेर्पा, पूर्व अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ बिएमई, निवर्तमान अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, उपाध्यक्ष  हर्क गुरुङ, उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष रोबिन गुरुङ, महासचिव क्यप्टेन देब घले, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्य, भक्तजन एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । त्यस्तै, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ, संस्थापक अध्यक्ष ज्ञानुमाया गुरुङ, उपाध्यक्ष जगना गुरुङ, सचिव शारदा गुरुङ, बीसीसी युके लण्डन शाखा आमा समूहकी अध्यक्ष दिलमाया गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षता, उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमलाई महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए । 

सेचेन खेचेन गुरु बेलायतमा २ अगष्ट देखि ५ अगष्टसम्म बर्मिङघम पालेस, नेपाली दुताबास लगायत महत्वपूर्ण स्थानहरुमा, ७ अगस्टdf थाउजेन्ड बुद्ध रेडिङमा, अगष्ट ९ मा ठिमे रिम्पोछेसित भेट, १२ अगष्टमा डायमन्ड बुद्दिस्ट सेन्टर प्लमस्टिडमा, १२ अगष्टमै मन्जुश्री आमा समूह केन्टमा, १४ अगष्टमा बीसीसी केन्टमा, १५ अगष्टमा ब्राइटनमा खेन्पो सोनसित भेट गरी १६ देखि १९ अगष्टसम्म स्कटल्याण्डमा रहेका बुद्धिष्ट समुदायसित भेट गरेका थिए । उनी २१ अगष्टमा नेपाल प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री