प्राविधिक समितिको प्रतिवेदनको जगमा वार्ता हुनुपर्छ: गेसो

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपाल र बेलायत सरकारबीच हुने गोरखा समस्यासम्बन्धी वार्ता प्राविधिक समितिको प्रतिवेदनका आधारमा हुनुपर्ने माग गरेको छ ।

गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै वार्ताको टर्म्स एण्ड कण्डिसन (टीओआर) बनाउन सोमबार बसेको बैठक निस्कर्षविहीन भएकोमा दुख व्यक्त गरेका छन् ।

गेसोले प्राविधिक समितिले तय गरेको १३ बुँदे प्रतिवेदनको जगमा टेकेर वार्ता हुनुपर्ने र त्यसो नभएमा आफूहरुलाई मान्य नहुने प्रष्ट पारेको छ ।

गोरखाहरुबीच अहिले कार्यगत एकता र सहकार्य भइरहेको पनि गेसोले बताएको छ ।

यसैक्रममा अर्थ मन्त्री जनार्दन शर्मासित गेसोले भेटी गोरखा सैनिकका समस्याका बारेमा जानकारी गराएको पनि विज्ञप्तिमा बताइएको छ ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री