प्रस्थान गरेको केही समयमै बिग्रियो बेलायतको युद्धपोत

लन्डन । बेलायतको सबैभन्दा ठूलो युद्धपोत बेलायतको एचएमएस प्रिन्स अफ वेल्स विमानवाहक जहाज दक्षिणी इङ्गल्याण्डको पोर्ट्समाउथ बन्दरगाहबाट बाहिरिने बित्तिकै बिग्रिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०१७ मा पहिलो पटक लन्च गरिएको सो विमान वाहक शनिबार दिउँसो पोर्ट्समाउथबाट पाल छोडेको केही समयपछि बिग्रिएको जनाएको छ।
“एचएमएस प्रिन्स अफ वेल्स दक्षिण कोस्ट एक्सरसाइज एरियामा रहेको र हाल अनुसन्धान चलिरहेको,” रोयल नेवीका प्रवक्ताले युके डिफेन्स जर्नललाई बताएका छन् ।
रोयल नेवीले अब “त्यस विमानबाहकको इन्जिनमा देखिएका अन्य मुद्दामा अनुसन्धान गरिरहेको,” प्रवक्ताले द गार्डियनलाई उद्धृत गर्दै जनाएका छन् ।
सो विमान वाहाक ३.५ बिलियन अमेरिकी डलर बराबार मूल्यको रहेको र ६५,००० टन वजनको रहेको बताइएको छ। युद्धपोत संयुक्त राज्य अमेरिकामा चार महिनाको तैनाथीको लागि प्रस्थान गर्दै थियो तर बिग्रिएपछि अहिले आइल अफ वाइट नजिकैको दक्षिणी तटीय अभ्यास क्षेत्रमा अड्किएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री