पासा पुच गुथी युके लण्डनमा पुन: रुक्मिणी मानन्धर

लण्डन । पासा पुच गुथी युके लण्डनको अध्यक्षमा पुन रुक्मिणी मानन्धर चयन हुनुभएको छ ।

गुथीको आइतबार सम्पन्न २१ औँ साधारणसभाले आगामी दुई वर्षका लागि मानन्धरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्वयमा ओजेश सिंह र प्रनिशा शाक्य, महासचिवमा लीसा दली श्रेष्ठ, सहसचिवमा मनिष जोशी,कोषाध्यक्षमा सविता मानन्धर, सहकोषाध्यक्षमा रोजी मानन्धर, सँस्कृति सचिवमा आस्था जोशी बाटाजू, खेलकुद सचिवमा किरन मानन्धर, सदस्यहरुमा अमिता श्रेष्ठ, मन्दिरा मानन्धर, अन्जीला श्रेष्ठ, पविका श्रेष्ठ, मधुसुधन कायस्थ र सन्दीप तुलाधर रहेका छन् ।

नयाँ कार्यसमिति चयनका लागि बालमुकुन्द जोशी,शशीधर मानन्धर र अमृत रत्न स्थापित रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो ।

साधारणसभामा महासचिव प्रनिशा शाक्य जोशीले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष सविता मानन्धरले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष रुक्मिणी मानन्धरले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री