नेपाललाई माया गर्ने लर्ड शेखको निधन

लर्ड शेख

लण्डन । नेपाललाई माया गर्ने बेलायत माथिल्लो संसदका सदस्य लर्ड शेखको विहीबार निधन भएको छ ।

उहाँ ८१ वर्षको हुनुहुन्थ्यो ।

युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमको अध्यक्ष र बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय समितिको उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो ।

बेलायतस्थित नेपाल दुताबासले लर्ड शेखले नेपाल र बेलायतबीचको सम्बन्ध बलियो बनाउन खेलेको भूमिका सदा स्मरणीय रहने बताएको छ ।

बेलायतका लागि पूर्व नेपाली राजदुत तथा हाल जापानका लागि राजदुत डा दुर्गाबहादुर सुवेदीले लर्ड शेखको निधनबाट नेपालको असल मित्र तथा नेपाली सँस्कृति र प्रकृतिलाई असाध्यै माया गर्ने व्यक्ति गुमाएको बताएका छन् ।

भारत राजस्थान पुर्ख्यौली घर भएका लर्ड शेख धेरै पुस्ताअघि युगाण्डा गएका थिए । युगाण्डामा सफल व्यवसायी रहेका शेख त्यहाँबाट खाली हात लखेटिएका थिए । बेलायतमा सन् १९७२ मा आएर उनले संघर्ष शुरु गरेका थिए । उनी एक सफल व्यवसायी थिए ।

सन् २००६ मा उनलाई लर्ड बनाइएको थियो । उनी कन्जरभेटिभ पार्टीबाट लर्ड हुने पहिलो मुस्लिम थिए । उनले आफ्ना पिताको नाममा च्यारिटी पनि खोलेका छन् । लर्ड शेखको महाराजा रन्जित सिंहबारे पुस्तक पनि प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री