धम्कीपूर्ण म्यासेज पठाएको आरोप लागेका बेलायतका मन्त्रीद्वारा राजिनामा

लण्डन । आफ्नो पार्टीको प्रमुख सचेतकलाई धम्कीपूर्ण म्यासेज पठाएको आरोप लागेका बेलायतका मन्त्री सर ग्याभिन विलियमसनले राजिनामा दिएका छन् ।

उनले यसअघिको लिज ट्रस नेतृत्वको कञ्जरभेटिभ पार्टीको प्रमुख सचेतक वेन्डी मोर्टनलाई बेलायती महारानीको अन्तिम सँस्कारमा नबोलाएकोमा धम्कीपूर्ण म्यासेज पठाएको आरोप लागेको छ । उनीमाथि सहकर्मी सांसदहरु, संसदका कर्मचारीहरुमाथि समेत दुर्व्यवहार गरेको आरोप लागेको छ ।

यसअघि पटकपटक मन्त्री मन्डलबाट निस्कासनमा परेका विलियमसनलाई ऋषि सुनकले विना विभागीय मन्त्री नियुक्त गरेका थिए भने बोरिस जोन्सनले सरकारबाट निस्कासन गरी नाइटहुड दिलाएका थिए ।

विलियमसनको नियुक्तिमा पर्याप्त अनुसन्धान नगरेको भन्दै सुनकको आलोचना भएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री