बेलायती प्रधानमन्त्री सुनकको सय दिन पूरा

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बिहीबार आफ्नो कार्यकालको १०० दिन पूरा गर्नुभएको छ ।
उहाँले आफ्नो बायाँतिर आक्रोशित युनियन, दायाँतिर कन्जरभेटिभ पार्टीका सांसद र बीचमा लाखौं मतदातालाई चुनावी हार टार्नका लागि जिताउनुपर्ने बताउनुभएको छ ।
सुनकका लागि यो एक कठिन स्थिति हो । उहाँको पूर्ववर्ती लिज ट्रसकोभन्दा दोब्बर भन्दा बढी दिन हो । ट्रसको कर कटौतीको योजनाले आतङ्क मच्चाएपछि कन्जरभेटिभ नेताका रूपमा स्थापित ४२ वर्षीय सुनकले अक्टोबर २५ मा प्रधानमन्त्री पद सम्हाल्नुभएको थियो । उहाँको आगमनले वित्तीय बजारलाई शान्त पार्नुका साथै खतरनाक आर्थिक मन्दीबाट जोगाएको छ ।
अर्को, दुई शताब्दीका लागि बेलायतका सबैभन्दा कान्छो नेता र दक्षिण एसियाली विरासतका पहिलो प्रधानमन्त्रीले बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्ने, सुस्त अर्थतन्त्रलाई वृद्धि गर्ने, अत्यधिक बोझले थिचिएको स्वास्थ्य सेवा प्रणालीमाथिको दबाब कम गर्ने र पूर्व प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वमा वर्षौंको घोटालापछि ‘निष्ठालाई राजनीतिमा फर्काउने’ वाचा गर्नुभएको छ ।
सुनकले यसै साता स्वास्थ्यकर्मीको एक समूहलाई भन्नुभएको थियो, “म प्रधानमन्त्री हुनुभन्दा पहिले जे भएको थियो, त्यसमा म केही गर्न सक्दिनँ । “मलाई के लाग्छ भने तपाईंले मलाई मेरो निगरानीमा उत्पन्न हुने कुराहरूको सामना कसरी गर्छु भन्नेमा केन्द्रित हुन जरूरी छ ।”
इन्स्टिच्युट फर गभर्नमेन्ट थिंक ट्यांककी वरिष्ठ सदस्य जिल रुटरले बेलायतमा ‘पूर्णतया भद्रगोल सरकार छ’ भन्ने धारणा हटाउन सुनक सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ठोस उपलब्धिहरू देख्न अलि गाह्रो छ ।”
सुनक बेलायतका पूर्व अर्थमन्त्री हुनुहुन्छ । उहाँको उच्च प्राथमिकता देशको आर्थिक अस्वस्थता रहेको छ । यहाँको कुल गार्हस्थ्य उत्पादन कोरोना भाइरस महामारी अघिको तुलनामा न्यून रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले यसै हप्ता अनुमान गरेअनुसार बेलायत यस वर्ष आर्थिक सङ्कुचन हुने एक मात्र प्रमुख अर्थतन्त्र । बेलायतले यो बर्ष ०.६ प्रतिशतको आर्थिक सङ्कुचन व्यहोर्ने प्रक्षेपण अर्थशास्त्रीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री