भ्यालेन्टाइन डेमा आइएमई लण्डनले ल्यायो अफर

लण्डन । आइएमई लण्डनले भ्यालेन्टाइन डेको अवसरमा विशेष योजना ल्याएको छ ।

यस योजनामा ग्राहकहरुले पैसा  पठाउँदा उत्कृष्ट एक्सचेन्ज रेट पाउने छन् । यो रेट अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रेट भएको आइएमई लण्डनको दाबी छ ।

आइएमई लण्डनले बेलायतभित्र बसोबास गर्ने ग्राहकहरूलाई संसारभरका सबै भागहरूमा पैसा स्थानान्तरण गर्न सेवा प्रदान गर्दै आएको छ।

विभिन्न अवसर र चाडपर्वमा विभिन्न प्रचार प्रसारमूलक तथा परोपकारी कार्यहरुमा पनि आइएमई लण्डन सहभागी हुँदै आएको छ ।

हाल आइएमई लण्डनले भाग्यशाली ग्राहकहरूका लागि आइफोन तथा अन्य उपहार दिने योजना पनि लागू गरेको छ ।

बेलायतमा दर्ता भएको आइएमई लण्डनले सन् २००७ देखि पैसा हस्तान्तरण सेवा उपलब्ध गराउँदै आएको छ। बेलायतको कर तथा आर्थिक नियमन गर्ने प्राधिकरणद्वारा नियमित आइएमईको कार्यालय साउद ह्यारो लण्डनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री