उत्तरी आयरल्याण्डमा व्यापार बारे बेलायत र इयुबीच सहमति

तस्वीर घेट्टी इमेजेज

लण्डन । बेलायत र युरोपियन युनियनबीच उत्तरी आयरल्याण्डमा व्यापारका बारेमा आज सहमति भएको छ ।
बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेपछि आयरल्याण्डसित जोडिएको सो राज्यमा व्यापारको मोडलका बारेमा सहमति हुन सकेको थिएन ।
आज बेलायतमा भएको सहमतिमा बेलायतका प्रधानमन्त्री ऋषि सुनक र युरोपियन युनियनकी अध्यक्ष उर्सला भान डर लियोनले हस्ताक्षर गरेका छन् ।
ब्रेक्जिटबाट बेलायतले औपचारिकरूपमा बाहिरिएको चारवर्ष पछि सो सहमति भएको हो ।
सहमतिको विस्तृत बुँदा सरकारले सार्वजनिक गरेको छ । जसमा बेलायतबाट उत्तरी आयरल्याण्डमा पठाइने सामानहरू बेरोकटोक जान पाउने छन् । उनीहरूलाई हरियो बाटोबाट जान दिइने छ भने उत्तरी आयरल्याण्डको बाटो हुँदै युरोपियन युनियन जाने सामानहरू भने चेकजाँचमा पर्नेछन् ।
यस्तै उत्तरी आयरल्याण्डका लागि पार्सल तथा घरपालुवा जनावर उत्तरी आयरल्याण्डमा लैजाँदा क्वारेटिनमा राख्न पर्ने छैन । साथै बेलायतको औषधिसम्बन्धी नियामक निकायले अनुमति दिएका औषधिहरू उत्तरी आयरल्याण्डमा उपलब्ध हुनेछन् ।
प्रधानमन्त्री सुनकले नयाँ सहमतिअनुसार उत्तरी आयरल्याण्डका लागि बेलायतले नयाँ मूल्यअभिवृद्धि कर तोक्नसक्ने बताएका छन् । यसअघि सो क्षेत्रमा युरोपियन युनियनले भ्याट तोक्ने गरेको थियो ।
प्रधानमन्त्री सुनकले सहमतिमाथि बेलायती संसदमा सांसदहरूले मतदान गर्न पाउने बताएका छन् भने उत्तरी आयरल्याण्डको संसदले पनि सहमतिमा चित्त नबुझे संसद बोलाउन पाउने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री