पेपरवर्क्स सोल्यूसन्स १७ वर्षमा

लण्डन । बेलायतको अल्डरसटबाट अकाउन्टिङ लगायतको सेवा प्रदान गर्दै आइरहेको पेपरवर्क्स सोल्यूसन्स लिमिटेड १७ औँ वर्षमा प्रवेश गरेको छ ।

बेलायतमा इजाजतप्राप्त चार्टर्ड अकाउन्टेण्टहरू रहेको पेपरवक्स सोल्यूसन्सले आफ्ना ग्राहकहरूलाई नयाँ, उच्च स्तरको वित्तीय परामर्श दिने, कुनै नीतिगत परिवर्तन हुँदैछ भने त्यसका बारेमा सक्रियतापूर्वक तत्काल जानकारी दिने र सजिलै बुझ्न सकिने भाषामा सेवा दिने गरेको निर्देशक श्याम श्रेष्ठ जानकारी दिनुहुन्छ ।

लिमिटेडले सरे ह्याम्पसायरमा व्यक्तिगत कर, एकल स्वामीत्वमा रहेका व्यापारिक प्रतिष्ठानका कर, साझेदारी र लिमिटेड कम्पनीका सानादेखि ठूला व्यापारिक प्रतिष्ठानहरूलाई सेवा पुर्याउँदै आएको छ ।

१७ वर्षको अनुभवका कारण ग्राहकहरुको समस्या तत्काल र गहिरोसँग बुझ्नसक्नु, करवापत तिरिने पैसा बचाइ त्यसलाई भविष्यमा आफ्नो ब्राण्डको मूल्य बढाउन उपयोग गर्नुको महत्व बुझाउन सक्नु आफ्नो सेवाको नयाँ पक्ष रहेको श्रेष्ठले बताउनुभयो । योग्यता र अनुभव हासिल गरेका, सकारात्मक र उत्प्रेरक स्वभावका आफ्ना टीमका सदस्यहरूले १६ वर्षमा पुर्याएको सेवाबाट ग्राहकहरूले विश्वास नै गर्न नसकिने किसिमको सकारात्मक प्रतिक्रिया दिएको अनुभव पनि उनले साट्नुभयो ।

हालसम्म करिब ५०० विभिन्न किसिमका व्यापारिक प्रतिष्ठानहरूलाई सेवा पुर्याएको पनि पेपरवर्क्सले जानकारी दिएको छ ।

श्याम श्रेष्ठ

कम्पनीका निर्देशक श्रेष्ठ आफैँमा योग्यताप्राप्त चार्टर्ड अकाउण्टेण्ट हुन् । उनले बीपीपी विश्वविद्यालयबाट अकाउण्टिङ र फाइनान्समा मास्टर्स गरेका छन् । उनी स्नातक तहमा अध्ययनरत रहँदा उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीको अवार्डबाट पनि सम्मानित भएका थिए । उनले वेष्ट स्कटल्याण्ड विश्वविद्यालयबाट नेतृत्व र रणनीतिमा पोष्ट ग्राजुयट गरेका छन् । तीक्ष्ण विद्यार्थी श्रेष्ठले मास्टर्समा बिज्नेस एनालाइसिस विषयमा उत्कृष्ट अंक ल्याएकाले सर्टिफिकेट अफ अचिभमेन्ट समेत पाएका थिए । उनी यसैवर्ष विद्यावारिधिको पढाइ शुरु गर्ने योजनामा छन् ।

श्रेष्ठले साना तथा मझौला व्यापारिक प्रतिष्ठानहरु, निर्माण, पूर्वाधार, कुरियर, लजिष्टिक, मनोरन्जन, होटल, मोर्गेज तथा फाइनान्सियल परामर्श, रियलस्टेट, खुद्रा बिक्रेताहरू, कानुनी परामर्श सेवा, ट्राभल, स्पोर्टस क्लव, संघसंस्थाहरु, च्यारिटीहरू, औषधि उत्पादक,  बीमा र यातायात क्षेत्रमा वित्तीय परामर्श तथा लेखापरीक्षण सेवा दिइसकेका छन् ।

सेवाग्राहीको आवश्यकताअनुसार भेट र कुराकानी गर्न आफू लचिलो रहेको श्रेष्ठ बताउनुहुन्छ । फुर्सदमा क्रिकेट खेल्न र हेर्न मन पराउने श्रेष्ठ स्याण्डहर्स्ट क्रिकेट क्लवबाट खेलेका पनि छन् । सामाजिक सेवातर्फ श्रेष्ठ ग्रेटर रसमुर नेपाली कम्युनिटीको कोषाध्यक्ष, फ्लीट नेपाली कम्युनिटीको उपमहासचिव र पासा पुच गुठी अल्डरसटको कोषाध्यक्ष रहेका छन् ।    

प्रतिक्रिया

सम्बन्धित सामाग्री