गोर्खा समस्या बारे प्रेम गाहामगरले गराए रवि लामिछानेको ध्यानाकर्षण

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग भेटी गैरआवासीय नेपालीका समस्याका बारेमा छलफल गरेका छन् ।
हाल नेपाल भ्रमणमा रहेका गाहा मगरले गैरआवासीय नेपालीको नागरिकता लगायतका विष्यमा राजनीतिक दलका नेताहरुलाई जानकारी गराउने क्रममा लामिछानेसँग भेट गरेका हुन् ।
गाहामगरले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहिसकेका लामिछानेसँग नेपालीको वंशजको नेपाली नागरिकताको निरन्तरता, गोर्खा समस्या समाधान, प्रवासका नेपालीलाई मताधिकारलगायत विषय सदनसम्म पुर्याइ दिन आग्रह गरेको बताए ।
लामिछानेजस्ता युवा र भिजन भएका नेताबाट देशले र प्रवासमा रहेका नेपालीहरुले धेरै अपेक्षा गरेको भन्दै गाहामगरले राजनीतिक यात्रामा हरेस नखाई अगाडि बढ्न शुभकामनासमेत दिए ।
नेता लामिछानेले आफू पनि विदेश बसेर फर्किएकाले प्रवासका नेपालीका मुद्दा प्राथमिकताका साथ उठाउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । लामिछानेले गोर्खाहरु बेलायत नेपालसम्बन्धको प्रमुख आधार भएको र उनीहरुको विषय राष्ट्रिय समस्या भएकाले यस मुद्दातर्फ गम्भीर भएर लाग्ने प्रण गरेको पनि गाहामगरले जानकारी दिए ।
गाहामगरले २० वर्षको नेतृत्व दौरानमा एनआरएनए नेताहरुले प्रभावकारी काम गर्न नसक्दा लामिछानेले नेपालमा सास्ती ब्यहोर्नुपरेको समेत स्मरण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री