बेलायती राजाका कान्छा भाइ बने ड्यूक अफ इडिनबरा

लण्डन । बेलायती पूर्व महारानी एलिजावेथ द्वितीयाका श्रीमान प्रिन्स फिलिपको निधनपछि रिक्त रहेको ड्यूक अफ इडिनबराको उपाधि बेलायती राजाका कान्छा भाइ एडवार्डले पाएका छन् ।
बेलायतको राजदरबारले शुक्रबार सोको जानकारी दिएको छ ।
उनका पिता प्रिन्स फिलिप करिब ७० वर्ष सो ड्यूक अफ इडिनबरा रहेका थिए । उनको निधनपछि महारानीले कान्छा छोरालाई सो उपाधि दिन खोजे पनि पूरा हुन सकेको थिएन ।
बेलायती राजाका दुई भाइहरुमध्ये माहिला भाइ यौन विवादमा मुछिएपछि उनी राजकीय जिम्मेवारीबाट अलग गरिएका छन् । जसका कारण विवादमा नमुछिएका कान्छा भाइलाई महत्वपूर्ण उपाधि दिइएको छ ।
बेलायती महारानीले तीन छोराहरुमध्ये जेठा चाल्र्सलाई प्रिन्स अफ वेल्स, माहिला छोरा आन्ड्रयूलाई डयूक अफ योर्क र कान्छा एडवार्डलाई अल अफ वेसेक्सको उपाधि दिएकी थिइन् । महारानीको निधनपछि चाल्र्स नयाँ राजा बने र उनको उपाधि जेठा छोरा प्रिन्स विलियमले पाए । उता माहिला आन्ड्रयूका विरुद्धमा अमेरिकी अदालतमा मुद्दा परेपछि उनको उपाधि खोसियो । अब कान्छा एडवार्ड ड्यूक अफ एडिनबरा बनेपछि उनको पुरानो उपाधि भने छोरामा सरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री