इलाम सोसाइटी युकेको अध्यक्षमा टेकवीर राई

लण्डन । इलाम सोसाइटी युकेको अध्यक्षमा टेकवीर राई निर्वाचित हुनुभएको छ ।

शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको छैँटौँ अधिवेसन तथा १५ औँ वार्षिक साधारण सभाले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा धनबहादुर राई र श्रीमती मीरा गुरुङ, महासचिवमा यम गुरुङ, सचिवमा ईन्द्र राई र कोषाध्यक्षमा घनश्याम गुरुङ चयन हुनुभएको छ ।

यस्तै प्रमुख संयोजकमा कृष्णवीर तामाङ, खेलकुद संयोजकमा लेखराज राई, कला साहित्य संयोजकमा किशोर मुखिया, जनसम्पर्क प्रमुखमा उमाकान्त गुरुङ र वेभमास्टरमा चोक गुरुङ चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री