हाङपाङ समाज युकेको अध्यक्षमा टेक खपाङ्गीमगर

लण्डन । हाङपाङ समाज युकेको अध्यक्षमा टेक खपाङगीमगर निर्वाचित हुनुभएको छ ।

समाजको शनिबार सम्पन्न तेस्रो अधिवेसनले खपाङ्गीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा मेदिनी फोम्बो, उपाध्यक्षत्रयमा सरला सुब्बा, दीपेन्द्र याक्सो र क्याप्टेन रिटायर्ड जोगेन्द्रसिंह लिम्बु, महासचिवमा दीपेन्द्र फेयङ, सचिवमा याक्थुङहाङ आङबुहाङ, कोषाध्यक्षमा लक्ष्मीराज थापामगर र सहकोषाध्यक्षमा विश्वराज याक्सो रहेका छन् ।

कार्यसमितिको सदस्यहरू पछि मनोनित गरिने बताइएको छ ।

निवर्तमान अध्यक्ष यमबहादुर आङबुहाङको अध्यक्षता तथा महासचिव सरला सुब्बाको संचालनमा भएको अधिवेसनको उद्घाटन सत्रको उद्घाटन ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नाल र अध्यक्ष आङबुहाङले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष टेक खपाङ्गीमगरले उपस्थित सबैलाई स्वागत गरेका थिए भने जोगेन्द्र लिम्बूले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी दिएका थिए । कैलाश आङबुहाङ लगायतको टोलीले च्याब्रुङ नृत्य प्रस्तुत गरेको थियो भने समाजको स्थापनाको दशौँ स्थापनाका अवसरमा केक काटिएको थियो ।

अधिवेसनमा समाजका सदस्यहरुका उच्चशिक्षा हासिल गर्ने छोराछोरीहरू, नवविवाहितहरू, भर्खरै सन्तान लाभ गरेकाहरू, पेशामा प्रोमोसन पाएकाहरू, नयाँ सदस्यहरू र ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।

अधिवेसनको बन्द सत्रमा महासचिव सरला सुब्बाले साँगठानिक प्रतिवेदन र कोषाध्यक्ष दीपेन्द्र याक्सोले आर्थिक प्रस्तुत गर्नुका साथै विधान संशोधनको छलफललाई सन्चालन गर्नुभएको थियो । अध्यक्ष आङबुहाङले सो अवसरमा संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिनुहुँदै समाजको संरक्षकहरू चयनका लागि हलमा प्रस्तुत गर्नुभएको थियो । जसअनुसार पूर्व अध्यक्ष विश्वराज फेयङ साँवा, यमबहादुर आङबुहाङ, मेजर रिटायर्ड पदमबहादुर आङबुहाङ, डम्बरबहादुर याक्सो, मीना आङबुहाङ, जयन्द्र आङबुहाङ र काजीमान याक्सोलाई संरक्षक चयन गरिएको छ ।

नवनिर्वाचित संरक्षक तथा निवर्तमान समितिका पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष आङबुहाङले खादा लगाई स्वागत तथा विदाई गरेका थिए । निवर्तमान अध्यक्ष आङबुहाङलाई ज्येष्ठ सदस्य दिलबहादुर रानाले खादा लगाएका थिए ।

त्यसपछि नयाँ कार्यसमिति चयनका लागि मेजर रिटायर्ड पदमबहादुर आङबुहाङ संयोजक, डम्बर याक्सो सचिव र मीन याक्सो सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजकले सपथ ग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्षले प्रतिवद्धता मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री