एकताका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न किराया बेलायतको आह्वान

बेलायत । किरात राई यायोख्या बेलायतले एकताका लागि संयमित बन्न र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सम्बन्धित सबैमा आह्वान गरेको छ ।
अध्यक्ष मेजर योगेश राईले आज एक विज्ञप्ति जारी गर्दै किराया बेलायतमा असहमत रहेका सबैलाई लक्षीत गरी सो आग्रह गरेका हुन् ।
किराया बेलायत, किराया नेपालको १९ विदेश संगठनहरुमध्ये एक भातृ संंगठन भएको र बेलायतबासी सबै राई बन्धुहरुमा किरात राई एकतामा प्रतिवद्ध रहेर संस्थागत बिधि विधान तथा वैधानिक प्रक्रियालाई अवलम्बन गरी समाज र समुदायको हितको पक्षमा आवद्ध हुँदै भ्रामक प्रचारबाजीबाट टाढा रहन विज्ञप्तिमा अपिल गरिएको छ ।
सन् २००४ मा स्थापित किराया बेलायत स्थापनाकालदेखि नै किरात राईहरुको साझा उद्देश्य प्राप्तीको लागि कटिवद्ध रहेको र बेलायतबासी किरात राईहरुलाई तटस्थ बसेर हैन सहीलाई समर्थन र गलतलाई खबरदारी गर्न पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।
वार्ता र छलफलको विभिन्न प्रयत्नहरुलाई बेवास्ता गर्दै सीमित समूहले किरात राई एकतामा खलल पर्ने गरी किरात राई यायोक्खा बेलायतको नाममा विभिन्न कार्यक्रम र प्रचारबाजी गरिनु भ्रमपूर्ण रहेको र त्यस्ता कार्य बेलायतबासी किरात राई समुदायको हितमा नरहेकोतर्फ विज्ञप्तिमा सचेत बनाइएको छ । असन्तुष्ट समूहको मागलाई सम्बोधन गर्ने पहिलो कर्तब्य संस्थापन पक्षको नै रहेको र दर्जनाँै प्रयत्नहरु गरिएकोमा त्यसलाई बेवास्ता गरिएको पनि विज्ञप्तिमा आरोप लगाइएको दुखद छ ।
किरात धर्म र संस्कारको प्रमुख प्रतीक तथा आस्था तीनचुलालाई नमान्ने तथा विश्वभरिका किरात राईहरुको आस्थाको संगठन किरात राई यायोक्खा नेपाललाई नमान्ने जस्ता असान्दर्भिक प्रसंगहरु किरात राई यायोक्खा बेलायतलाई कदापी मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा एकताको विशाल फन्कोमा एउटै तालमा र शिलीका एउटै चालहरुमा नाचेर यसवर्षको साकेला चाड मनाउन पनि आह्वान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री