डा चन्द्र लक्सम्बाको स्मृतिमा लिखित पुस्तक विमोचन

काठमाडौं । स्वर्गीय डा. चन्द्रकुमार लक्सम्बाको बहुआयामिक जीवनी र उनका प्राज्ञिक आलेखहरू समेटिएको पुस्तक ‘डा चन्द्र लक्सम्बा ताप्लेजुङदेखि अक्सफोर्डसम्म’ लोकार्पण गरिएको छ ।
शनिबार ललितपुरको होटल हिमालयमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त पुस्तक विमोचन गरेका हुन् ।
डा लक्सम्बाकी धर्मपत्नी कल्पना लक्सम्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा डा लक्सम्बाको व्यक्तित्व तथा पुस्तकका बारेमा साहित्यकार वैरागी काइँला, प्राध्यापक अभि सुवेदी, साँसदद्वय योगेश भट्टराई र सुशीला श्रेष्ठ, गण्डकी विश्वविद्यालयका कुलपति प्रा. गणेशमान गुरुङ, नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा. शिलु मानन्धर, नीति अनुसन्धान प्रतिष्ठानका पूर्व अध्यक्ष डा. विष्णुराज उप्रेती, प्रा. रमेश भट्टराई र डा. लेखनाथ शर्मा पाठकले चर्चा गरेका थिए ।
डा लक्सम्बा परिवार र नेपाल अध्ययन केन्द्र (सिएनएस) युकेले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा सिएनएस युकेका पूर्व कार्यकारी निर्देशक डा कृष्ण अधिकारी पुस्तकको सम्पादकीय मन्तव्य र खाका प्रस्तुत गर्दै डा. चन्द्रकुमार लक्सम्बाको बहुआयामिक व्यक्तित्व र आलेखहरूबारे प्रस्तुति दिएका थिए ।
सिएनएस युकेका नरेश खपाङ्गी मगरले पुस्तकमा रहेको श्रीमती कल्पना लक्सम्बाको लेख वाचन गरेका थिए ।
ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ब्लगर लेक्स लिम्बुले स्वागत गरेका थिए भने लक्सम्बाका कान्छा छोरा बहार लक्सम्बाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा सांसदहरु उर्मिला थेबे, लीला बोखिम, पूर्व मन्त्री पम्फा भुसाल, संविधान सभाका सदस्यहरू डम्बरध्वज तुम्बाहाम्फे, भूपेन्द्र थेबे, पासाङ शेर्पा, पूर्व राजदुतहरु टंक कार्की र डा. विजयकान्त कर्ण लगायत लक्सम्बाका पूर्व सहपाठीहरु, समकक्षीहरु, नातागोताका साथै सिएनएस युकेका पूर्व कार्यकारी निर्देशकहरु गोविन्द दाहाल र डा. कृष्ण अधिकारी, सल्लाहकार डा. विष्णुराज उप्रेती, डा.अच्युत गौतम, श्री बराल, नरेश खपाङ्गी मगर लगायतको उपस्थिति रहेको थियो ।
अस्कल क्याम्पसका संस्थापक स्ववियू सभापति रहेका लक्सम्बा बेलायती सेनाबाट अवकास लिएपछि सरे विश्वविद्यालयबाट पीएचडी अध्ययन पूरा गरी प्राज्ञिक कार्यमा सक्रिय थिए । नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत रहेकै बखतमा २०७७ माघ १३ गते उनको बेलायतमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री