बेलायतले सुडानबाट कर्मचारी र नागरिकलाई स्वदेश फर्काउँदै

लण्डन । बेलायतले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएको छ ।
यसअघि अमेरिका, साउदी अरबलगायतका विश्वका अन्य मुलुकले पनि सुडानबाट आफ्ना कर्मचारी र नागरिकलाई फिर्ता ल्याउन थालिसकेका छन् ।
बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले सुडानबाट बेलायतले आफ्ना दूतावासका कर्मचारीलाई हटाएको र बेलायती नागरिकको सुरक्षा बेलायत सरकारको उच्च प्राथमिकता रहेको आइतबार बताउनुभएको छ ।
क्लेभरलीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा लेख्नुभएको छ, “विदेशी कूटनीतिज्ञहरूमाथि बढ्दो धम्कीका कारण बेलायतले सुडानबाट दूतावासका कर्मचारीहरूलाई हटाएको छ । हाम्रो उच्च प्राथमिकता बेलायती नागरिकको सुरक्षा हो । सुडानमा भइरहेको रक्तपात अन्त्य का लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन हामी अहोरात्र खटिरहेका छौं ।”
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सुडानबाट बेलायती कुटनीतिज्ञ र उनीहरूका परिवारलाई बेलायती सेनाले ‘जटिल र द्रूत उद्धार’ पूरा गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री