पोल्याण्डका राईहरु संगठित

वार्सा । युरोपेली मुलुक पोल्याण्डमा रहेका किरात राई परिवार संगठित बनेका छन्।
पोल्याण्डको वार्सामा भेला भएका किराँत राईहरूले सुमन कुमार राई र बिबसहांग राईको संयोजकत्व र सह संयोजकमा २१ सदस्यीय किरात राई सोसाइटी पोल्याण्ड समिति गठन गरेको हो।
समितिको सचिवमा बुद्व राई सदस्यहरूमा रचना राई, सपना राई, देवेन्द्र राई, मनिस राई, बिबसहांग चाम्लिङ, निशान राई, सन्तोष राई, बिशाल राई, नबिन चाम्लिङ, रेखा सुनुवार, बिजय राई, रामकुमार चाम्लिङ, अन्जान राई, कृष्ण कुमार राई, संगम राई, प्रकाश राई र रमित राई रहनु भएको छ भने संरक्षकमा गोपाल राई रहनु भएको छ।
किरात राई सोसाइटी पोल्याण्डले आफ्नो महान चाड साकेलाको अबसर पारेर भेटघाट कार्यक्रम र ऊभौली मे महिनामा मनाउने तयारी गरेको छ।
सोही दिन मिनी स्वर सम्राट राजेश पायल राईलाई मुन्दुमी अभिनन्दन गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री