परराष्ट्र मन्त्री साउद बेलायत प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर आबमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको हो । सो अवसरमा उहाँ अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री