डाकोरममा सिलवाल पुनः निर्वाचित, वोकिङमा रानालाई मिलेन सफलता

लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निकायको निर्वाचनको परिणाम आउनेक्रममा नेपाली मूलका उम्मेदवार रहेका स्थानीय निकायहरुको परिणाम आउन थालेको छ ।
यसक्रममा डाकोरम काउन्सिलमा कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका गोबर्धन (सागर) सिलवाल काउन्सिलरमा पुनः निर्वाचित भएका छन् । ग्रोभहिल वार्डबाट उम्मेदवार रहेका उनले ६०६ मत प्राप्त गरे । उनीसहित कञ्जरभेटिभ पार्टीका जुली आन ब्यांक्स र आलेक्स भिण्डर पनि काउन्सिलरमा सोही वडाबाट निर्वाचित भएका छन् ।
उता वोकिङ काउन्सिलमा कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका मेजर रिटायर्ड चित्रबहादुर राना भने सो काउन्सिलमा आएको लिबरल डेमोक्रयाटिक पार्टीको लहरको बाढीमा बगेका छन् । यसअघि पटकपटक काउन्सिलर रहेका उनी लिबडेमा मार्टिन नेल्सन सुलिभानसित पराजित भएका छन् । सुलिभानले १३३५ मत पाए भने रानाले ५९३ मत पाए । सो काउन्सिलमा लिबडेमले ८० प्रतिशत काउन्सिलर जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री