मेडवेमा नीना गुरुङ बनिन् काउन्सिलर, राम गलामीलाई दिएन मतले साथ

लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निकायको निर्वाचनको परिणाम आउने क्रममा मेडवे केन्ट काउन्सिलमा नेपाली मूलकी छोरी नीना गुरुङले काउन्सिलरमा विजय हासिल गरेकी छिन् ।
चाथाम सेन्ट्रल र ब्रोम्टन वडामा लेबर पार्टीबाट उम्मेदवार रहेकी नीनाले १ हजार २११ मत पाइन् । सोही वडाबाट लेबर पार्टीकै डामोला अनिमासन र भिन्स म्यापल पनि विजय भएका छन् ।
सम्भवत उनी बेलायतमा काउन्सिलर बन्ने नेपाली मूलको दोस्रो महिला हुन् । यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् ।
उता नेपालीहरुको निकै बाक्लो बसोबास रहेको रेडिङमा काउन्सिलरको उम्मेदवार रहेका रामबहादुर गलामीले भने जीत हासिल गर्न सकेनन् । पार्क वडाबाट उम्मेदवार रहेका उनले १ हजार ८७ मत पाए भने ग्रीन पार्टीका सेराह मेगोन र जोश विलियम्सले सो वडामा विजय हासिल गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री