परराष्ट्र मन्त्री साउदले भेटे बेलायती राजा र प्रधानमन्त्री

लण्डन । बेलायती राजा चार्ल्स तृतीयको शुभराज्यभिषेकमा भाग लिन बेलायत पुगेका परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले बेलायतका राजा चार्ल्स तृतीयसित भेट गरेका छन् ।
यस्तै प्रधानमन्त्री ऋषि सुनक, राजपरिवारका अन्य सदस्यहरु, विदेश मन्त्री जेम्स क्लीभर्ली, मन्त्रीहरु र विश्वका अन्य नेताहरुसित पनि उनले भेट गरेका छन् ।
बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय संसदीय समितिका संयोजक बीरेन्द्र शर्मा र पूर्व गोरखा सैनिकहरुसित पनि भेट गरेको नेपाली दुताबास लण्डनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री