बेलायती पूर्व महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टीमा १६२ मिलियन पाउन्ड खर्च

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टी र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६२ मिलियन (१६ करोड २० लाख) पाउन्ड स्टर्लिङ्ग खर्च भएको बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको छ ।
गत सेप्टेम्बर १९ मा भएको बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको राजकीय अन्त्येष्टीमा सयौं विदेशी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको व्यापक सुरक्षा अभियान सञ्चालन गरिएको थियो ।
लण्डनस्थित बेलायती संसद र एडिनबरामा रहेको उहाँको शवलाई हेर्नका लागि चौबिसै घण्टा लामबद्ध हजारौं मानिसहरूले लामो समयसम्म लामबद्ध भएर हेरेका थिए ।
सरकारले संसदलाई दिएको लिखित वक्तव्यमा कूल अनुमानित लागत १६ करोड १७ लाख पाउन्ड रहेको र सबैभन्दा ठूलो हिस्सा गृहअन्तर्गत सात करोड ३७ लाख पाउन्ड रहेको बताइएको छ । त्यसैगरी संस्कृति, सञ्चार र खेलकुद मन्त्रालय अन्तर्गत पाँच करोड ७४ लाख पाउन्ड खर्च गरेको बताइएको छ भने स्कटिश सरकारले एक करोड ८८ लाख खर्च गरेको सरकारले जानकारी दिएको छ ।
“महारानी एलिजाबेथ द्वितीयाको ८ सेप्टेम्बर २०२२ मा भएको निधन र त्यसपछिको राष्ट्रिय शोकको अवधि ठूलो राष्ट्रिय महत्वको क्षण थियो,” ट्रेजरीका चीफ सेक्रेटरी जोन ग्लेनले खर्च आवश्यक भएको पुष्टि गर्दै भन्नुभयो ।
“सरकारको प्राथमिकता भनेको यी कार्यक्रमहरू उचित स्तरको सुरक्षा र गरिमाका साथ सञ्चालन गर्नु थियो ।
बकिङ्घम प्यालेसले उक्त सुरक्षा अभियानका क्रममा १० करोडभन्दा पाउन्ड स्टर्लिङ्ग भन्दा बढी खर्च भएको भन्ने समाचारलाई अस्वीकार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री