पासा पुचः गुथी युकेमा सुशील प्रजापति

लण्डन । पासा पुचः गुथी युकेमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चुनिएको छ ।
शनिबार लण्डनमा सम्पन्न साधारणसभाले सुशील प्रजापतिको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षत्रयमा रुक्मिनी मानन्धर, दिब्य महर्जन, विजयमान डंगोल, महासचिवमा नगेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रजनी श्रेष्ठ, सहसचिव प्रजेश श्रेष्ठ, लिसा दली श्रेष्ठ र सहकोषाध्यक्षमा श्याम श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा सविता मानन्धर, मधुसूदन कायस्थ, सचेतन तुलाधर, यादव श्रेष्ठ, रमेश श्रेष्ठ, माधवलाल श्रेष्ठ, सोनी श्रेष्ठ, सुरोज मास्के, केशव श्रेष्ठ, चरन प्रधान, सकिला मानन्धर चुनिएका छन् ।
साधारणसभामा गुथीका विभिन्न शाखाबाट करिब १०० जनाको उपस्थिति रहेको थियो ।
साधारणसभाको उद्घाटन संस्थापक सदस्य अमृत स्थापित, बालमुकुन्दप्रसाद जोशी र अध्यक्ष ओजेश सिंहले पानसमा बत्ती बालेर गरेका थिए ।
सो अवसरमा गुथीको नयाँ वेभसाइट पनि उद्घाटन गरिएको थियो भने सात जना संस्थापक, सात जना लामो समयदेखि सेवा गरिरहेका सदस्यहरु, पाँच सल्लाहकारहरु र १७ जना गुथीका सदस्यलाई उहाँहरुको योगदानका लागि सम्मानित गरिएको थियो । यसरी सम्मानित हुने सात संस्थापकहरुमा अमृत स्थापित, महन्थ श्रेष्ठ, शशी मानन्धर, बालमुकुन्द जोशी, उत्तम अमात्य, अर्जुन प्रधान र धर्म शाक्य रहेका छन् ।
यस्तै, लामो समयदेखि सेवा गर्ने सदस्यहरुमा कुमार श्रेष्ठ, मनिष श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जानकी श्रेष्ठ, कपिल श्रेष्ठ, राजन मल्ल र केशव श्रेष्ठ सम्मानित भएका छन् भने यस्तै सल्लाहकारहरु सचेतन तुलाधर, यादव श्रेष्ठ, शिवजी श्रेष्ठ, कपिल श्रेष्ठ र राजेन्द्र श्रेष्ठ रहेका छन् ।
यसैगरी, रथ बनाउन, धिमे कक्षा, नेपाल लिपिको कक्षा, नेपाल भाषा कक्षा, आइटी, वेभसाइट, इही लगायतका क्षेत्रमा योगदान गर्नेहरुलाई पनि सम्मान गरिएको थियो ।
नयाँ कार्यसमिति चयनका लागि बालमुकुन्द जोशीको संयोजकत्वमा ओजेश सिंह, अमृत स्थापित, सचेतन तुलाधर, शिवजी श्रेष्ठ, मदनमान श्रेष्ठ रहेको निर्वाचन समिति बनाइएको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक जोशी, संस्थापक अमृत स्थापित, शिवजी श्रेष्ठ, मनिष श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री