बेलायतमा पुन: ब्याजदर बढ्यो

लण्डन । मुद्रास्फितिको चरम शिकार बनिरहेको बेलायतमा केन्द्रीय बैँकले पुन ब्याजदर बढाएको छ ।

बैँक अफ इङ्ल्याण्डको मौद्रिक नीति समितिको विहीबार बसेको बैठकले बहुमतको निर्णयका आधारमा शुन्य दशमलब ५ प्रतिशत ब्याज दर बढाउने निर्णय गरेको हो । समितिका नौ जनामध्ये सात जनाले ब्याजदर बढाउने र दुई जनाले नबढाउने मत राखेका थिए ।

बैँकले तोकेको न्यूनतम ब्याजदर अब ५ प्रतिशत पुगेको छ । नयाँ ब्याजदर सन् २००८ यताको सबैभन्दा उच्च हो ।

बैँकले लगातार तेह्रौँपटक ब्याजदर बढाएसँगै बेलायतमा मोर्गेज बजारमा भने हलचल मच्चिन लागेको छ । अहिले बैँकहरूले अस्थिर बजारका कारण कतपय अफरहरू पनि रद्द गरेका छन् । प्रतिपक्षी लेबर पार्टीले मोर्गेज लिनेहरूलाई परेको मर्कालाई सम्बोधन गर्न सरकारलाई माग गरेको छ ।

बैँकका गभर्नर आन्ड्रयू बेलीले ब्याजदर बढाउने निर्णय कठिन भए पनि गर्नै पर्ने बाध्यात्मक अवस्था भएको बताउनुभयो । अहिले यो निर्णय नलिए पछि झनै गाह्रो अवस्था आउन सक्ने उनले संकेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री