बेलायतमा अगस्ट ६ मा पाँचौ अन्लिस योर इन्नर सेल्फ इभेन्ट हुने

लन्डन । बेलायतमा आउँदो ६ अगस्टमा पाँचौ ‘अन्लिस योर इन्नर सेल्फ’ इभेन्ट हुने भएको छ ।

माउसटेल वेब सर्भिसेस् अल्डरसटले सो कार्यक्रम आयोजना गरेको हो ।

माउसटेलका निर्देशक मान गुरुङले स्वास्थ, धन र नेतृत्व विकासलगायत विषयमा छलफल हुने कार्यक्रम सुसीमोटो रेस्टुरेन्ट अल्डरसटमा बिहान साढे ९ बजे र दिउँसो ४ बजे दुई चरणमा हुने जानकारी दिए ।

कार्यक्रममा आफूभित्रबाट नै शक्ति निकाल्ने र शान्ति, खुसी र धन आर्जन गर्नको लागि सिकाउने र अनुभव गराइन्छ ।

कार्यक्रम युवा तथा अभिभावक, सामाजिक नेतृत्व गर्ने र युवादेखि वृद्धसम्मलाई लक्षित गरी आयोजना गरिएको गुरुङले बताए । उनका अनुसार व्यावसायिक तथा सामाजिक मिश्रित कार्यक्रम भएकोले चाहना हुने तर पैसा नभएको खण्डमा निशुल्क सहभागी गराइने छ ।

यसपटक स्वास्थ्यसम्बन्धी डा विशाल गुरुङ, पोषणसम्बन्धी दिग्विजय घले, व्यवसायबारे सुमन पुन, लेखासम्बन्धी श्याम श्रेष्ठ र ट्रान्फमेसनबारे मान गुरुङले प्रशिक्षण दिनेछन् ।

कार्यक्रम आयोजना गर्नुको कारण खोतल्दै गुरुङ भन्छन्, ‘हामीले नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कसरी रुपान्तरण गर्ने, कसरी विकास गर्ने, कसरी प्रगति गराउने भन्ने सोचले कार्यक्रमको डिजाइन गरिएको हो ।

कार्यक्रममा ग्रेटर रसमूर नेप्लिज कम्युनिटी युके, पेपरवर्क सोलुसन्सलगायतले संस्थाको सहयोग रहेको छ । मुनाफाबाट आएको केही रकम युवा तथा वृद्धहरुको सहयोगमा खर्चिने समाजसेवी तथा जीआरएनसीका अध्यक्षसमेत रहेका मान गुरुङले बताए ।

यो पाँचौ अन्लिस योर इन्नर सेल्फ इभेन्ट हो ।

विश्वमा प्रयोग गरिएको अतिविशिष्ट औजारहरु तथा तरिकाहरु प्रयोग गरिने छ । गुरुङले कोभिड, लकडाउन अघिदेखि निरन्तर कार्यक्रम गरेर हजारौं व्यक्तिहरुलाई शान्ति, खुसी, सुखी र धन आर्जनबारे चेतना फेलाएर सेवा पुर्‍याउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री