एनआरएनए युकेको अध्यक्षका लागि चार जनाको उम्मेदवारी

लण्डन । सुनिलबाबु खड्का अध्यक्ष रहेको एनआरएनए युकेको आगामी कार्यकालको नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ ।
शनिबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएकोमा अध्यक्षमा चार जनाको उम्मेदवारी परेको हो ।
निर्वाचन समितिका सदस्य विपिन निरौलाका अनुसार वर्तमान उपाध्यक्ष नारायण कँडेल, तमधिँ युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए इङ्ल्याण्ड राज्य समितिका संयोजक लालबहादुर (एलबीजेड) गुरुङ र एनआरएनए आइसिसी सदस्य दिनेश घिमिरेको उम्मेदवारी परेको छ ।
महासचिवमा दुई जनाको उम्मेदवारी परेको छ । वर्तमान उपाध्यक्ष गोविन्द खरेल र बालकृष्ण भूषालले महासचिवमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले मनोनयन दाखिल गर्ने सबै उम्मेदवारहरुप्रति धन्यवाद व्यक्त गर्दै उम्मेदवारी प्रक्रियामाथि अहिले छानविन चलिरहेको र छिट्टै नामावली प्रकाशन गर्ने जनाएको छ ।
सबै पदाधिकारीका पदहरुमा दुईभन्दा बढी उम्मेदवारी परेको बताइएको छ ।

उता प्रेम गाहामगर अध्यक्ष रहेको एनआरएनए युकेको निर्वाचन समितिमा सदस्य रहेका कर्मा पहाडी शेर्पाले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री