को को छन् एनआरएनए युकेको चुनावी मैदानमा ?

अध्यक्षमा एक जनाले लिए उम्मेदवारी फिर्ता

लण्डन । सुनिलबाबु खड्का अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) निर्वाचन २०२३-२५ को यही जुलाई २२ तारिख हुने निर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

निर्वाचन समितिले तोकेको उम्मेदवारी फिर्ता लिने समय जुलाई ५ तारिख राति ९ बजेसम्म रहेकोमा सो अपडेट गरी अन्तिम नामावली प्रकाशन गरिएको हो।

अब अध्यक्षका लागि तीन उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुनेछ । शुरुमा चार जनाले उम्मेदवारी दर्ता गराएकोमा एलबिजेड गुरुङले उम्मेदवारी फिर्ता लिएपछि अब दिनेश घिमिरे, हितकाजी गुरुङ र नारायणदत्त कँडेलकाबीच प्रतिस्पर्धा हुने छ ।   

यसैगरी, दुई उपाध्यक्षका लागि पाँच जना चुनावी मैदानमा रहेका छन् जसमा ज्ञानेन्द्र आले मगर, सुरेश परियार, ओमन गौचन, कमान सिंह कर्मा पहाडी शेर्पा, रवीन्द्र कणेल छन् ।

यस्तै, महिला उपाध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेकाले इन्दिरा खनिया (सपना) निर्विरोध निर्वाचित भएकी छिन् । राज्य परिषद् अन्तर्गत स्कटल्यान्ड उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । जसमा रामप्रसाद बगाले र मनिष खत्री रहेका छन् ।

राज्य परिषद अन्तर्गत वेल्सको उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी र नर्दन आयरल्याण्डमा लिलाराम नेउरे निर्विरोध निर्वाचित भएका छन् ।

 महासचिवमा गोविन्द शर्मा खरेल र बालकृष्ण भुसालले उम्मेदवारी दिएका छन् ।

दुई सचिवका लागि सरोज थापा र तिलक भट्टराईको मात्र उम्मेदवारी परेको छ भने महिला सचिवतर्फ पनि प्रतिभा न्यौपाने निर्विरोध निर्वाचित भएको छिन् । कोषाध्यक्षमा विष्णु खरेल पनि निर्विरोध निर्वाचित भइसकेका छन् भने सह -कोषाध्यक्षमा हेम कुमार गुरुङ र सुमन शर्मा बीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, महिला कोर्डिनेटरमा रोजिना गुरुङ सर्वसम्मत निर्वाचित हुँदा कोर्डिनेटर यूथ तर्फ भने चुनाव हुने भएको छ । वीरेन्द्र नेपाल र सुजीत शाही चुनावी मैदानमा अहिले देखिएका छन् ।

१२ जना कार्यसमिति सदस्यमा जम्मा ९ जनाको उम्मेदवारी परेको छ । जसले गर्दा सदस्यहरूको पनि निर्विरोध भएको छ । राम थापा, सन्दीप पुडासैनी, नारायण गिरी, मानबहादुर राई, मिलन केसी, पम्फा क्षेत्री (विनीता बस्नेत), गङ्गाबहादुर क्षेत्री, काशी राज बोहरा र मोहनलाल ओली रहेका छन् ।

चार जना आइसिसी सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा चन्द्रबहादुर गुरुङ, सुनिलबाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, प्रो. डा. सुनिल कुमार साह र दिलरास गुरुङले उम्मेदवारी दिएका छन् ।

यसैगरी, इंग्ल्याण्ड अध्यक्षका स्वयम्भू प्रसाद अर्याल र सन्तोष कुमार सुवेदी चुनावी मैदानमा रहेका छन् । तर, उपाध्यक्ष र सचिवमा भने सर्वसम्मत भएको छ । उपाध्यक्षमा देउमन इजम र सचिवमा अन्जु कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै, नर्थन आयरल्यान्डतर्फ सबै पदमा सर्वसम्मत भएको छ भने सदस्य पदमा सङ्ख्या भन्दा कम उम्मेदवारी परेको छ । अध्यक्षमा बलबहादुर थापा, उपाध्यक्षमा छेम रेग्मी, सचिवमा पूर्णेश्वर कँडेल सर्वसम्मत निर्वाचित भए ।

यस्तै, ४ जना सदस्य निर्वाचित गर्नु पर्ने भए पनि २ जनाको मात्रै उम्मेदवारी परेको छ । जसमा भूमिश्वर सापकोटा र सलमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, स्कटल्यान्डमा भने मतदान हुने छ । अध्यक्षमा दिवाकर पाण्डे र उज्ज्वल कार्की प्रतिस्पर्धामा उत्रिएका छन् । उपाध्यक्षमा प्रजापति शर्मा र कमला श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी सचिवमा मोतीलाल खरेल र रामप्रसाद कँडेलबिच चुनाव हुने छ भने उप सचिवमा भूपाल कार्की र भोज राज खरेलले प्रतिस्पर्धा गरेका छन् ।  यस्तै, कोषाध्यक्ष र उप कोषाध्यक्ष भने सर्वसम्मत निर्वाचित  भएका छन् । कोषाध्यक्षमा वासुदेव पोखरेल तथा उप कोषाध्यक्षमा कल्याण अर्यालको मात्रै उम्मेदवारी परेको थियो । ४ जना सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ । सागर पाण्डे, झपेन्द्र सापकोटा, मनहरि सापकोटा, बिराज ढुङ्गेल, जीवलाल भण्डारी, पवित्रा भण्डारी, तुलसीराम न्यौपाने र स्वस्तिमा खड्काले उम्मेदवारी दिएका छन् ।

एनआरएनए वेल्स राज्यपरिषदको निर्वाचनमा समयमै कसैको पनि उम्मेद्वारी परेन। 

यसैबीच, निर्वाचन समितिले उम्मेदवारहरुलाई निर्वाचन आचार संहितामा रहेर प्रचार प्रसार गर्न आग्रह गरेको निर्वाचन समितिका संयोजक चिरञ्जीवि ढकालले जानकारी दिए । निर्वाचन समतिमा ढकाल सहित हरि गुरुङ र विपिन निरौला सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री